नेभिगेशन
समाज
हुम्ला जिल्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि भारि बोक्ने खच्चड हरायो

दैनिक जीवनका लागि आवश्यक सामान ढुवानी गर्ने मुख्य साधनका रूपमा पनि खच्चड पछिल्लो समय हराउदै

सिमकोट ।      हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा खच्चडहरुलाई प्रयोग गरिँदै आएको थियो । दुर्गम गाउँघरदेखि जिल्ला सदरमुकाम सिमकोटसम्म नुन, चामल, तेल , खाद्यान्न देखि लत्ता–कपडा र दैनिक घर्यासी उपभोग्य सामग्रीहरु खच्चडकै सहारामा ढुवानी गरेर गाउँ–गाउँसम्म पुर्याउने जिम्मेवारी भने खच्चडको काँधमा थियो ।
स्थानीय जनजीवनसँग गाँसिएको खच्चड यातायात नै यहाँको अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो । यहाँ वर्षौंसम्म मानिसहरूले दैनिक जीवनका लागि आवश्यक सामान ढुवानी गर्ने मुख्य साधनका रूपमा पनि खच्चड, घोडा र डोको–नाङ्लोमै भर पर्नुपथ्र्यो ।

तर पछिल्ला वर्षहरूमा राष्ट्रिय सडक सञ्जाल विस्तार भएसँगै खच्चड यातायात इतिहास बन्ने क्रम मात्र छ । कार, जीप, ट्रक र ट्र्याक्टरहरू गाउँ–गाउँमा पुग्न थालेपछि अब मानिसहरूले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका छन् । खच्चड हराउनाका कारणहरू सडक निर्माण र यातायातको पहुँच – सडकले गाउँसम्मै मालसामान पुगाउने वातावरण बनेका कारण खच्चड व्यवसाय हराउन थालेको छ ।

समय र लागत – सवारीसाधनले कम समयमा धेरै भार बोक्न सक्छ, जसले खच्चडभन्दा सस्तो र सजिलो विकल्प दिएको छ । श्रमको विकल्प – खच्चड पाल्न, हेरचाह गर्न, गोठालो राख्नुपर्ने मेहनत कम भएको छ । पुस्तान्तरणको असर – नयाँ पुस्ताले खच्चड यातायातलाई पेशा र गर्वको रूपमा लिनै छाडेका छन् ।  प्रभावहरू आर्थिक असर – खच्चड व्यवसायमा निर्भर परिवारहरूको जीविकोपार्जनमा संकटमा परेको छ । सांस्कृतिक असर – हुम्लाका जनजीवनसँग जोडिएको परम्परागत ढुवानी संस्कृति हराउँदै गएको छ ।

खार्पुनाथ गाँउपालिकका स्थानीय खच्चड व्यवसाय देउबिर बोहराले राष्ट्रिय सडक सञ्जाल जोडियसँगै ह्यात्तै खच्चडको माग घटेको बताउनु भएको छ । पहिला आफ्नो पेशा व्यवसाय राम्रो सँग चलेको थियो र पछिल्लो समय हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल जोडिय पछि आफ्ना खच्चडहरुलाई पालन पोषण गर्न मुस्किल भएको र घर खर्च समेत चलाउन धौधौ भएको बोहराको गुनासो रहेको छ ।
व्यवसाय रुपमा खच्चड पालेर जीविकोपार्जन गर्ने देउबिर बोहरा मात्र नभएर हुम्ला जिल्लाका धेरै परिवारहरु प्रभावित भएका छन् । उनीहरूले दैनिक आम्दानी गुमाएका छन् । जसले वैकल्पिक पेशाको खोजी गर्नुपर्ने बाध्य भएको छ ।  खच्चड मालिकहरूले गाडी आएपछि कमाइ घटेको, खच्चड पालन खर्चिलो मात्र भएको र बजारमा माग पनि हराउँदै गएको गुनासो गरेका छन् ।

अर्कोतर्फ, सडक सुविधाले ग्रामीण जनजीवनमा राहत पुगेको छ । पहिले १० दिनसम्म खच्चडको भरमा मात्र सामान आउने ठाउँमा अहिले २–३ दिनमै गाडी पुग्न थालेको छ । यसले सामान सस्तो दरमा उपलब्ध हुन थालेको र जनजीवन सहज भएको स्थानीयवासीहरुले बताउने गरेका छन् ।  पहिले गोठालो, खच्चड र घण्टीको आवाजै हाम्रो जीवन थियो, तर अहिले ती सबै हराइसके” भनी बुढापाकाहरूले बताउने लगरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
भर्खरै