सिमकोट । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा खच्चडहरुलाई प्रयोग गरिँदै आएको थियो । दुर्गम गाउँघरदेखि जिल्ला सदरमुकाम सिमकोटसम्म नुन, चामल, तेल , खाद्यान्न देखि लत्ता–कपडा र दैनिक घर्यासी उपभोग्य सामग्रीहरु खच्चडकै सहारामा ढुवानी गरेर गाउँ–गाउँसम्म पुर्याउने जिम्मेवारी भने खच्चडको काँधमा थियो ।
स्थानीय जनजीवनसँग गाँसिएको खच्चड यातायात नै यहाँको अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो । यहाँ वर्षौंसम्म मानिसहरूले दैनिक जीवनका लागि आवश्यक सामान ढुवानी गर्ने मुख्य साधनका रूपमा पनि खच्चड, घोडा र डोको–नाङ्लोमै भर पर्नुपथ्र्यो ।
तर पछिल्ला वर्षहरूमा राष्ट्रिय सडक सञ्जाल विस्तार भएसँगै खच्चड यातायात इतिहास बन्ने क्रम मात्र छ । कार, जीप, ट्रक र ट्र्याक्टरहरू गाउँ–गाउँमा पुग्न थालेपछि अब मानिसहरूले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका छन् । खच्चड हराउनाका कारणहरू सडक निर्माण र यातायातको पहुँच – सडकले गाउँसम्मै मालसामान पुगाउने वातावरण बनेका कारण खच्चड व्यवसाय हराउन थालेको छ ।
समय र लागत – सवारीसाधनले कम समयमा धेरै भार बोक्न सक्छ, जसले खच्चडभन्दा सस्तो र सजिलो विकल्प दिएको छ । श्रमको विकल्प – खच्चड पाल्न, हेरचाह गर्न, गोठालो राख्नुपर्ने मेहनत कम भएको छ । पुस्तान्तरणको असर – नयाँ पुस्ताले खच्चड यातायातलाई पेशा र गर्वको रूपमा लिनै छाडेका छन् । प्रभावहरू आर्थिक असर – खच्चड व्यवसायमा निर्भर परिवारहरूको जीविकोपार्जनमा संकटमा परेको छ । सांस्कृतिक असर – हुम्लाका जनजीवनसँग जोडिएको परम्परागत ढुवानी संस्कृति हराउँदै गएको छ ।
खार्पुनाथ गाँउपालिकका स्थानीय खच्चड व्यवसाय देउबिर बोहराले राष्ट्रिय सडक सञ्जाल जोडियसँगै ह्यात्तै खच्चडको माग घटेको बताउनु भएको छ । पहिला आफ्नो पेशा व्यवसाय राम्रो सँग चलेको थियो र पछिल्लो समय हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल जोडिय पछि आफ्ना खच्चडहरुलाई पालन पोषण गर्न मुस्किल भएको र घर खर्च समेत चलाउन धौधौ भएको बोहराको गुनासो रहेको छ ।
व्यवसाय रुपमा खच्चड पालेर जीविकोपार्जन गर्ने देउबिर बोहरा मात्र नभएर हुम्ला जिल्लाका धेरै परिवारहरु प्रभावित भएका छन् । उनीहरूले दैनिक आम्दानी गुमाएका छन् । जसले वैकल्पिक पेशाको खोजी गर्नुपर्ने बाध्य भएको छ । खच्चड मालिकहरूले गाडी आएपछि कमाइ घटेको, खच्चड पालन खर्चिलो मात्र भएको र बजारमा माग पनि हराउँदै गएको गुनासो गरेका छन् ।
अर्कोतर्फ, सडक सुविधाले ग्रामीण जनजीवनमा राहत पुगेको छ । पहिले १० दिनसम्म खच्चडको भरमा मात्र सामान आउने ठाउँमा अहिले २–३ दिनमै गाडी पुग्न थालेको छ । यसले सामान सस्तो दरमा उपलब्ध हुन थालेको र जनजीवन सहज भएको स्थानीयवासीहरुले बताउने गरेका छन् । पहिले गोठालो, खच्चड र घण्टीको आवाजै हाम्रो जीवन थियो, तर अहिले ती सबै हराइसके” भनी बुढापाकाहरूले बताउने लगरेका छन् ।