नेभिगेशन
राजनीति

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी


सिमकोट

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन । सर्केगाड गाउँपालिका–३ उनापानी निवासी कार्कीले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै उम्मेदवार घोषणा गर्नुभएको हो । २०८२ साल मंसिर ५ गते प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) घोषणा गरेको थियो । कार्कीले आफु र आफ्नो परिवार पहिला देखि नै नेकपा माओवादी नै भएका कारण आफु विद्यार्थी जिवन देखि नै राजनितिक क्षेत्रमा लागेको बताउनु भएको छ ।
 हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा जनताले चाहे जस्तो काम गर्न नसकेपछि प्रगतिशिल लोकतान्त्रिक पाटीमा लागेको बताउनु भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले युवा पुस्ताको माग राजनितिक दलको पुनर गठन, पस्तान्त्रण, हस्तान्त्रणको कुरा थियो । प्रचण्डले पछिल्ला पुस्ता युवा पिढीको कुरालाई बेवास्ता गरी जुन भ्रटचारीमा होमिएका नेतालाई पाटीको जिम्मेवारी दिने काम गरेपछि आफुले यसको विरोध गर्दै प्रलोपा पार्टीको घोषण गरेको बताउनु भएको छ । 
आफ्नो व्यतिगत माग र सपना केही नभएपनि आफ्ना सहिद बुवा प्रेम बहादुर कार्कीले बोकेका सपना पुरा गर्ने लक्ष्यमा राजनितिकमा होमिएको भनाई कार्कीको रहेको छ । २०५२ साल देखि २०६२ सालसम्म चलेको जनयद्धका क्रममा २०५८ साल जेठ १६ गते बाँकेमा तत्कालिन सरकारले गिरफ्तार गरी हत्या गरेको थियो । बुवा पे्रमले यो देश र जनताका लागी भनी रगत बगाएका थिए । बुवाले बोकेका सपना आफुले पुरा गर्ने बाचा गर्नु भएको छ । प्रलोपाका केन्द्रीय सदस्य समेत रहेका कार्की तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा केन्द्रीय उपमहासचिव समेत थिए । जनार्दश शर्मा माओवादीबाट अलग भएसँगै कार्की पनि शर्मा पक्षमा लागेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै