नेभिगेशन
सिमकोट

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

सिमकोट

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने  स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा सञ्चालन गर्ने भएको हो ।

नेपालमा मृत्यु र अपंगताको मुख्य कारणका रुपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखि यहि फागुन महिना भरि उक्त अभियान सञ्चालन गर्ने भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

सिमकोट स्वास्थ्य शाखा, स्वास्थ्य सेवा कार्यालय र आधार नेपाल हुम्लाको आयोजना तथा समन्वयमा गाउँ गाउँमा यो अभियान सञ्चालन गर्ने भएको संयोजक भण्डारीको भनाई छ ।

उहाँका अनुसार ३० वर्ष भन्दा माथिका जो सुकैले यो निशुल्क सेवा लिन पाउने भएका छन् । जसमा मधुमेह जाँच (रगतमा चिनिको मात्रा परिक्षण) रक्तचाप व्लड प्रेसर मापन, मृगौला सम्वन्धि रोगको जाँच, उचाइ र तौलका आधारमा विएमआई मापन गरिने भएको छ । 
आज सिमकोट गाउँपालिकाका अध्यक्ष विषय भण्डारीको स्वास्थ्य चेकजाँच गरि यो अभियानको उद्घाटन कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै