नेभिगेशन
अर्थ

पाँच रुपैँयाको नोटमा लिमी र जंगली याक

नेपाल राष्ट्र बैंकले २०७४ साल साउन ३१गते मंगलबारका दिनदेखि पाँच रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । यसमा पहिलेको साजसज्जालाई परिमार्जन गरेको छ ।

पाँच रुपैंयाँको दरको नोट २६ करोड थान नयाँ नोटको छपाई गरिएको छ । जसको संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्मको नोटलाई चलनचल्तीमा ल्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो नोटलाई साविककै रङमा डिजाइन गरिएको छ । जसमा नोटको अग्रभागमा बायाँतर्फ सगरमाथ हिमालको चित्र रहेको छ । नोटको बीच भागमा वि.स.२०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र अंकित छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

नोटको तल्लो भागमा गर्भनर डा. चिरञ्जीवि नेपालको दस्तखत रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रमसंख्या नेपालीमा र वि.सं. २०७३ लेखिएको छ ।

नोटको पृष्ठ भागको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्रल बैंक लेखिएको छ । नोटमा हुम्ला जिल्लाको लिमी उपत्यको हिमाललाई पृष्ठभूमिमा राखेर लिमीमा भर्खरै पत्ता लगाइएको जंगली याकको चित्र राखिएको छ । नोटको तल्लो भागमा अंगे्रजीमा पाँच रुपैंया लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा क्रमसंख्या र अंग्रेजीमा ईस्वी सम्वत् २०१७ लेखिएको छ ।

यो नोटको पृष्ठ भागमा राखिएको याकको चित्र ३० वर्षपछि फेरिएको छ । यो नयाँ नोटमा हुम्ला जिल्लाको लिमी उपत्यकामा पाइएको नेपालमा लोप भनिएको जंगली याकको स्थलगत रुपमा खिचिएको फोटो राखिएको जंगली याकको अनुसन्धानमा स्थलगत अध्ययनमा लागेका जेराल्दिन वेहरान, नरेश कुसी, यादव घिमिरे, राजु आचार्य र करन बहादुर शाह लगायतको टोली संलग्न रहेको नरेश कुसीले बताएका छन् ।

 

वि.सं.२०७४ साल साउन ३१ गते मंगलबारका दिनबाट प्रचलनमा आएको यो पाँच रुपैयाँको नोटमा रेखाङ्कन गरिएका काष्ठमाण्डपले भूकम्पका बारेमा सचेतना जनाउने काम गरिएको छ भने जंगली याकले वन्यजन्तु संरक्षणमा टेवा पु–याउने नेपाल राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मी निरौलाले जानकारी दिए ।

यी नोटहरू छाप्ने कम्पनी चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टीङ कर्पोरेशनमा छापिएको हो । यो कम्पनी चिनियाँ केन्द्रीय बैंकको लगानीमा सञ्चालित कम्पनी हो । यो कम्पनीमा यस अघि १०० र १००० रुपैयाँका दरका नोटहरू पनि छापिएर चलनचल्तीमा आइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख

आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया...