नेभिगेशन
सिमकोट
बाख्रा वितरण

छ जना कृषकलाई बाख्रा वितरण

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरेको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँका ६ जना किसानलाई मङ्गलबार स्थानीय जातका बाख्रा वितरण गरिएको हो । ६ जना किसानलाई स्थानीय जातका ४२ वटा बाख्रा वितरण गरिएको गाउँपालिका पशुशाखा पशु प्राविधकि विष्णु बहादुर बुमीले जानकारी दिनुभयो । बुमीका अनुसार, प्रति किसानलाई ७ बाख्राका दरले वितरण गरिएको बताउनुभयो । केही समय अगाडी पशुशाखाले खोलेको विज्ञानमा आवेदन दिएका मध्ये छनोट गरी मङ्गलबार वितरण गरिएको बुमीले जानकारी दिनुभयो । 

   सत्तहरी प्रतिशत गाउँपालिका पशुशाखाको अनुदानमा र तीस प्रतिशत स्वयम् किसानले व्यहोरेर उनीहरुलाई बाख्रा वितरण गरिएको हो । पशुशाखाले किसानलाई बाख्रा वितरणका लागि रु पाँच लाख खर्च गरेको जानकारी प्राप्त भएको छ । यस्तै उनिहरुलाई बाख्रा सहित त्रीपाल, रेङकोट, गुम्बोट लगायतका वर्षायाममा आवश्यक पर्ने सामग्री समेत वितरण गरेको बुमीले बताउनुभयो । मङ्गलबार वितरण गरिएका बाख्राको गाउँपालिका पशु बीमा समेत निःशुल्क गरिदिएको बताइएको छ । 

   अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बाख्रापालन सजिलो पेशा भएको हुँदा राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह समेत गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै