नेभिगेशन
अर्थ

सिमकोटमा नागरीकको चहलपहल बढ्यो

सिमकोट । हिमाली जिल्ला हुम्लामा लाग्ने प्रसिद्ध चाड साउने पूर्णिमा मेला नजिकएसँगै सदरमुकामको सिमकोट बजारमा यतिबेला नागरीहरुको भिड लाग्नुका साथै चहलपहल बढेको छ । सदरमुकाम आसपासका नागरीक यतिबेला नयाँ कपडा, खाद्यान्न  लगायतका सामग्री खरिदका लागि पुगेसँगै चहलपहल बढेको पाइएको छ । आफ्नो घर परिवारको नयाँ कपडा र देवि देवताको लागि पूजापाठको सामान खरिदका लागि नागरीकको बजार क्षेत्रमा ताति नै लाग्ने गरेको छ । 

विशेष गरेर आफ्नो घर परिवार बसेर मिठो मसिनो खाने र नयाँ नयाँ कपडाको साथमा सजिने चाडका रूपमा पनि साउने पूर्णिमा मेला लाई लिने गरिन्छ । साउने पुर्णिमा मेला आउन केही दिन मात्रै बाँकी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने गर्छन् भने यो पर्व सिमकोटमा त्रियादशीदखि पञ्चमी पाँच दिनसम्म लाग्ने गर्दछ । 

जिल्लाका सातवटै स्थानीय तहबाट सिमकोटमा मेला हेर्न नागरीकहरु आउने गर्दछन् । यो पर्वको अवसरमा धामिझाँक्री नाच्ने र देउडा खेल्ने गर्दछन् ।  यो समय स्थानीय पसलमा पनि लाखौँको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्य वस्तुलगायत सामान यो समयमा निक्कै बिक्री हुने गरेको सदरमुकामको एकताचोकमा रहेको दार्मेली पसलका सञ्चालक लक्ष्मण ऐडीले बताउनुभयो । व्यापारीहरुलाई पनि सामान बेचबिखनका लागि भ्याइनभ्याइ भएको पसले ऐडीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कृषि विकास...
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...