नेभिगेशन
चंखेली

भिरबाट लडेर मिमिकी डल्ली सख्त घाइते

असोज १४, सिमकोट ।  हुम्लाको चंखेली गाउँपालिका ३ मिमिकी डल्ली बुढा भिरबाट लडेर सख्त घाइते भएकी छन् ।

गाउँ नजिकैको विफ्याराकोट भन्ने वनमा घाँस काट्न गएको बेला भिर बाट लडेर उनी घाइते भएको स्थानीयवासीलाई उदृत गर्दे चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए ।

आइतबार (आज) बिहान घाँस काट्न गएका बेला भिरबाट ४ सय मिटर तलखेसी पछि उनको टाउँको र शरिरका अन्य भागमा गम्भीर प्रकारको चोट लागेको छ जिल्ला स्वास्थ्य कार्यालयका डा. टसी लामाले जानकारी दिए ।

भिरबाट लडेकी बुढाको स्थानीय स्वास्थ्य संस्थामा उपचार नहुने भएपछि केहीवेर अघी फिष्टेल एयरको हेलिकप्टरबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । आइतबार मध्यन्न १२ बजे जिल्ला अस्पाताल हुम्ला पु¥याइएकी बुढाको अहिले उपचार भैरहेको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।

बिहान घरदेखि २० मिटरको दुरीमा भएको उक्त वनमा गाइवस्तुलाई घाँस काट्न गएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति १० बजे आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार एक्कासि आएको बाढीले स्थानीय डाँफे...
चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले अब आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय सञ्चालनमा आएका छन । गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय तथा...
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
भर्खरै