नेभिगेशन
राजनीति

हिल्सा-सिमकोट सडकमा चीनिया चासोः प्रतिनिधि मण्डलद्धारा स्थलगत अवलोकन

सिमकोट । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सडक सञ्जालमा भर्खर जोडिएको हुम्लाको सिमकोटदेखि चीनको सिमाना हिल्सासम्मको सडक दुई लेनको स्तरोन्नती गर्न आग्रह गरेको पाँच दिनमै चीनिया पक्षले सिमकोट हिल्सा सडकको स्थलगत अनुगमन गरेको छ ।

नाम्खा गाउँपालिकाले आयोजना गरेको सीमा जोडिएका स्थानीय तहबीचको समन्वय बैठकमा सहभागी हुन आएको चिनियाँ टोलीले सिमकोट-हिल्साको कडा चट्टान भएको क्षेत्र च्याछहराको स्थलगत अनुमगान गरेको हो । 

छिमेकी मुलुक चीनको पुलान काउण्ट्रीको ताक्लाकोटको प्रतिनिधिमण्डलले च्याछरामा निर्माणाधीन सडकको स्थलगत अवलोकन गरेको हो।

चिनियाँ प्रतिनिधिमण्डलले च्याछरामा निर्माण भइरहेको सडकको स्थलगत अवलोकन गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए।

हाल सो खण्डको सडक स्तरोन्नति गर्न चट्टान विष्फोट गर्ने कार्य भइरहेको छ। चिनियाँ टोलीले निर्माण कार्यबारे जानकारी लिएको थियो।

अध्यक्ष लामाले सिमकोट–हिल्सा सडक निर्माणबारे जानकारी गराउनका लागि टोलीलाई च्याछरामा लिएको बताउँदै विकास निर्माणको अवस्था पनि जानकारी टोलीलाई गरिएको बताए।

त्यसैगरी टोली वडा नम्बर २ को वडा कार्यालय, सल्लीको निर्माण सम्पन्न भएको पक्की पुलको पनि अवलोकन गरेको थियो।

Bishnu-paudel-1724677999.jpg
 

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व स्थानीय प्रशासनका प्रमुख डुनजुले गरेका थिए। जसमा सुरक्षा, भन्सार, अध्यागमनका प्रमुखहरुको सहभागिता थियो।

सो अवलोकन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल, चार वटा सुरक्षा निकायका प्रमुख, उपाध्यक्ष तकदिर लामा, निमित्त प्रशासकीय अधिकृत मोहनबहादुर शाही, वडाध्यक्षको सहभागिता थियो।

पहिलो पटक चिनियाँ प्रतिनिधि नाम्खा गाउँपालिकामा आएर समन्वय बैठक सम्पन्न भएको हो।

नेपाल सरकारले औपचारिक रुपमा सिमकोट हिल्सा सडकलाई स्तरोन्नती गरी दुई लेनको बनाउन औपचारिक अनेरोध गरे अनुसरा केन्द्रीय सरकारको निर्देशनमा चीनको प्रतिनिधिमण्डलले सोमबार सडकको अवस्थाका बारेमा अवलोकन गरेको हो । 

'सडकको अवस्था के छ ? कुन स्थानमा कडा चट्टान छ भन्ने प्रारम्भीक जानकारी लिनका लागि टोलीलिे अनुगमन गरेको हो', टोलीमा संलग्न एक अधिकारीले भने, 'नेपाल (हुम्ला)को विकासका लागि सँधै तत्पर रहेको चीनले नेपाल सरकारका अनुरोधलाई सकरात्मक रुपमा लिएको छ । याद अब परामर्श गरेर काम थाल्नतर्फ लाग्छ होला ।' 

टोलीमा हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा प्रमुख, नाम्खा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत केहि सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको छ । भने चीनका तर्फबाट पुरांग काउण्ट्रीका प्रमुखसहितको टोली छ । 

गएको बिहिबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलको उपस्थितीमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै