नेभिगेशन
राजनीति

सर्वदलीय संयन्त्र हुम्ला बैठकका दुई निर्णय

सिमकोट । हुम्लामा रहेका राष्टिय मान्यता प्राप्त विभिन्न दलहरुको साँझा सर्वदलीय संयन्त्रको बैठक सम्पन्न भएको छ । शनिबार बसेको सर्वदलीय संयन्त्र बैठकले दुईवटा निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।

जिल्ला स्थित विभिन्न राजनितिक दलका नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान), राप्रपा हुम्लाका नरेन्द्र बहादुर शाहीको उपस्थितमा बैठक सम्पन्न भएको हो ।

सर्वदीय संयन्त्र बैठकले हुम्लाको सुशासन र विकास कार्यका लागि प्रमुख जिल्ला अधिकारी र कार्यालय प्रमुखहरुसँग  समन्वय बैठक गर्ने, स्थानीय सरकारबाट हुँदै गरेको सेवा प्रवाह, बजेट, योजना र विकासे गतिविधिहरुको समीक्षा र आगामी कार्य योजनाबारे जनप्रतिनिधिहरुसँग छलफल गर्ने निर्णय भएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति रोकायाले बताउनुभयो ।

सर्वदलीय संयन्त्र हुम्लाको बैठक प्रत्येक महिनामा बस्दै आएको छ । विभिन्न समयमा बसेको बैठकले जिल्लामा हुने विकास, निर्माण, अनिमितता लगायतका विषयवस्तुको उजागर गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै