नेभिगेशन
राजनीति

सर्वदलीय संयन्त्र हुम्ला बैठकका दुई निर्णय

सिमकोट । हुम्लामा रहेका राष्टिय मान्यता प्राप्त विभिन्न दलहरुको साँझा सर्वदलीय संयन्त्रको बैठक सम्पन्न भएको छ । शनिबार बसेको सर्वदलीय संयन्त्र बैठकले दुईवटा निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।

जिल्ला स्थित विभिन्न राजनितिक दलका नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान), राप्रपा हुम्लाका नरेन्द्र बहादुर शाहीको उपस्थितमा बैठक सम्पन्न भएको हो ।

सर्वदीय संयन्त्र बैठकले हुम्लाको सुशासन र विकास कार्यका लागि प्रमुख जिल्ला अधिकारी र कार्यालय प्रमुखहरुसँग  समन्वय बैठक गर्ने, स्थानीय सरकारबाट हुँदै गरेको सेवा प्रवाह, बजेट, योजना र विकासे गतिविधिहरुको समीक्षा र आगामी कार्य योजनाबारे जनप्रतिनिधिहरुसँग छलफल गर्ने निर्णय भएको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति रोकायाले बताउनुभयो ।

सर्वदलीय संयन्त्र हुम्लाको बैठक प्रत्येक महिनामा बस्दै आएको छ । विभिन्न समयमा बसेको बैठकले जिल्लामा हुने विकास, निर्माण, अनिमितता लगायतका विषयवस्तुको उजागर गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै