नेभिगेशन
सिमकोट

अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा चौरमा पढ्दै बालमन्दिरका विद्यार्थी 

सिमकोट । शनिवार आएको अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा आइतबार सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीले चौरमा पठनपाठन गरेका छन् । कक्षा एक, तीन र पाँचका ऐच्छिक विषयका विद्यार्थीलाई आइतबार चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको सोही विद्यालयका प्रधानध्यापक कैलाश रोकायाले बताउनुभयो । राती आएको अविरल वर्षाले कक्षा कोठाभरी पानी पसेपछि विद्यार्थीलाई बस्न नमिल्ने हुँदा चौरमा डेस्क, बेन्च ल्याएर पठनपाठन गराएको प्रधानध्यापकले बताउनुभयो । वर्षायाममा पानी पर्दा यि कक्षाका विद्यार्थीले प्राय जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ । सधै पानी पर्दा विद्यार्थीले चौरमा पठनपाठन गर्नु पर्ने बाध्यताको अन्त्य गर्न विद्यालयले सिमकोट गाउँपालिकालाई आग्रह गरेको छ । पानी पर्दा विद्यार्थीले भोग्नु पर्ने समस्या अन्त्य गर्न आग्रह गरिएको हो । राती पानी पर्दा कक्षा कोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनीको चौरमा पठनपाठन गराउँदा बजारको हो हल्लाले थप समस्या हुने गरेको बताइएको छ । 

यस्तै सिमकोट गाउँपालिका–७ मा रहेको जबुका गाउँमा समेत शनिवार राती परेको अविरल परेको वर्षाले समस्या बनाएको स्थानीयले बताएका छन् । शनिवार राती परेको वर्षाले डाँडाफयाको खेल बस्ति देखि औल बस्तिसम्म आवतजावत गर्ने बाटो जबुका खोलाको बाटो अवरुद्ध भएर बन्द हुँदा पशुवस्तु र मानिसलाई आउजाउ गर्न थप समस्या बनाएको जानकारी प्राप्त भएको छ । साविक वडा नम्बर १ र २ का बासिन्दालाई गौरा पर्वको मुखैमा देखि औलसम्म झर्न समस्या बनाएको छ । भने छोटो दुरीको बाटो अविरल वर्षाले बन्द गर्दा लामो दुरी दुई घण्टाको बाटो हिड्नु पर्ने स्थानीयले बताएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै