नेभिगेशन
सिमकोट

उच्च पाटन रानीशैना पुगेर बालबालिकालाई खोप

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्यचौकीको स्वास्थ्यकर्मीको टोली जिल्लाको उच्च पाटन चौरी खर्कमा पुगेर ६ बालबालिकालाई विभिन्न किसिमको खोप लगाइएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान अन्तरगर्त रानीसैनामा रहेका स्याडा गाउँका सहित उत्तरी नाम्खा, ताँजकोट र बाजुरा जिल्लाका त्यस क्षेत्रमा रहेका पाँच बालक र एक बालिकालाई खोप लगाइएको हो । ६ महिनादेखि १५ महिना मुनीका ती बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, रोटा, जेइ र एफआइपिभि रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको स्याडा स्वास्थ्यचौकीका अहेब राजेश थापाले जानकारी दिनुभयो । 

  झण्डै चार हजार मिटर अग्लो पाटन चौरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको अहेब थापाले जानकारी दिनुभयो । भदौ १७ गतेदेखि २२ गतेसम्म रानीशैनामा खोप सहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो । 

   वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लैजानुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । रानीशैना खर्कमा गोठाला बसेका ४३ जना गोठालाको स्वास्थ्य जाँच सहित औषधि उपचार गरिएको संयोजक भण्डारीले बताउनुभयो । २० महिला र २३ पुरुष गरी ४३ जनाको उपचार गरिएको संयोजक भण्डारीले बताउनुभयो । 

  स्याडा गाउँका र नाम्खा, ताँजकोट गाउँपालिका सहित छिमेकी बाजुरा जिल्लाका रानीशैनामा पुगेका गोठाला, जडिबुटी खन्न पुगेका नागरीकहरुको उपचार गरिएको उहाँले बताउनुभयो । रानीशैनामा हुम्लाका मात्रै नभएर बाजुरा जिल्लाका नागरीक पनि यहाँ पुगेका छन् । घुम्ती शिविरमा स्याडा स्वास्थ्यचौकी इन्चार्ज लवी रावतको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो । 

   बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ । गत वर्ष पनि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो पालिका भित्र रहेका उच्च पाटनमा पुगेका बालबालिका र नागरीक स्वास्थ्य उपचारबाट कोही नछुटुन भनेर घुम्ती शिविर सञ्चालन गरेको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै