नेभिगेशन
राजनीति

नयाँ प्रविधिसँगै विकास भइरहेको छ: सांसद लामा

सिमकोट । गृह जिल्ला पुग्नुभएका प्रतिनिधि सभा सांसद छिरिङ डम्डोल लामा (कार्चेन)ले नयाँ नयाँ प्रविधिसँग जोडेर पछिल्लो समय विस्तारै विस्तारै हिमाली जिल्ला हुम्लामा पनि विकास हुँदै गइरहेको बताउनुभयो । 
    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वय एकाई हुम्लाले आइतबार सरोकार निकायहरु सँग गरेको अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । विकासको प्रमुख कारण भनेको सडक भएकाले यसलाई उच्च प्राथामिकता दिएर आफुहरु लागि परेको सांसद लामाले बताउनुभयो । 

    सांसद लामाले भन्नुभयो, “स्याउको ग्रेडिङ देखि बजारमा पुग्दा उपभोक्ता आकर्शित गर्न सक्ने गरी हुम्लाका किसानले स्याउ बजारीकरणमा ध्यान दिनुपर्छ । स्याउको गुणस्तर देखि सबै कुरामा ध्यान दिएर यहाँका कृषकले क्षमता विकासमा बढी जोड दिनुपर्छ ।” जुम्लाको भन्दा हुम्लाको स्याउको माग बढ्नुका साथै मिठो र राम्रो भएको सन्देश पाउँदा खुसि भएको सांसद लामाले बताउनुभयो । आफुले सक्दो हुम्लामा उत्पादीत स्याउ बजारीकरण र बजारका लागि संसदमा थप आवाज उठाउने बताउनुभयो । 

    आइतबार भएको कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले विगतमा हुम्लामा स्याउका एक दुई बोट देखिने र स्याउ खान मुस्किल हुने गरेपनि पछिल्ला केही वर्षयता यहाँका उत्पादीत स्याउ फर्महरु धेरै हुँदा खुसि भएको बताउनुभयो । अहिले हुम्लामा अधिकांसका घरमा स्याउका फर्म र स्याउ बगैचा हुनु राम्रो भएपनि जिलला बाहिर बजारसम्म निका लागि थप समस्या रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । राज्यको निति अनुसार उत्पादीत बस्तु बजारीकरणका लागि कृषक सक्षमका साथै लागि पर्नुपर्ने उहाँले बताउनुभयो । 

    यसैगरी जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले मुख्य त जिल्लामा स्याउ उत्पादन राम्रो भएपनि बजारीकरणका लागि ढुवानीको समस्या भएको बताउनुभयो । जिल्ला बाहिर ढुवानी गर्नका लागि पैदल मार्गबाट गाडीबाट स्याउ ढुवानी गर्न सम्भब नहुँदा हवाई मार्ग मार्फत ढुवानीका लागि जिल्लाका निर्वाचीत प्रदेश र संघिय सांसदले विशेष पहल गर्नुपर्ने बताुनयभो । 

   कार्यक्रममा सहभागी किसानले ढुवानीको प्रमुख समस्या हुँदा आफुले उत्पादन गरेका स्याउ त्यतिकै खेर जाने गरेको गुनासो समेत गरेका छन् । गर्त वर्षपनि लाखौंका स्याउ जिल्ला बाहिर पठाउनका लागि विमानस्थलसम्म पुगेपनि त्यहि कुहिएर खेर गएको सिमकोट गाउँपालिका–२ किसान गोरासिंह बोहराले बताउनुभयो । स्याउ खेर नजानका लागि भण्डारणको व्यवस्था गर्नु पर्ने किसानको माग थियो । 

    जिल्लामा २०७७ सालदेखि लागु भएको यो कार्यालयले त्यस यतादेखि आफुले गरेका कामको प्रगतिको विवरण प्रस्तुत भएको थियो । यस कार्यालयले जोन र सुपरजोनमा क्षेत्रमा गर्दै आएको छ । भने जिल्लामा स्याउ जोन र भेडाबाख्रा जोन क्षेत्रमा काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाईका निमित्त कार्यालय प्रमुख लक्ष्मि अधिकारीले बताउनुभयो । हालसम्म दुई सय दश हेक्टरमा सिचाईको सुविधा सिकानलाई दिएको उहाँले बताउनुभयो । सर्केगाड गाउँपालिकाका किसानलाई उन्नत जातका बोका र बीउको लागि माउ बाख्रा स्याउका कलमी विरुवा रोपण गरि घेरबारमा अनुदानका कार्यक्रम गर्दै आएको छ । एक हजार ६ सय ६८ जना कृषक यो कार्यालयबाट लाभान्वित रहेका छन् । यो कार्यालयले यो वर्षपनि विभिन्न कार्यक्रम गर्दै आएको बताइएको छ । साथै आइतबार विशेष गरी हुम्लामा उत्पादीत स्याउ ओखर जिल्ला बाहिर ढुवानी कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 

  यस्तै आइतबार भएको अन्तरक्रिया कार्यक्रममा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा, जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय), विभिन्न वडाका वडाध्यक्ष लगायत विभिन्न अगुवा कृषकको उपस्थित रहेको जानकारी प्राप्त भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै