नेभिगेशन
सिमकोट

सिमकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिता नगरेको गुनासो पालिकाका आम नागरीकले गरेपनि उनिहरुको अनुपस्थित रहेको थियो । गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई गर्ने भनेर सदरमुकाममा रहेका सञ्चारमाध्यमबाट सुचना सार्वजनिक गरेपनि नागरीकको नै अनुपस्थित रहेको थियो । जिल्ला समन्वय समितिको प्राङ्गगाणमा गाउँपालिकाले आफ्नो वार्षिक प्रगतिको विवरण सार्वजनिक गरेपनि एक देखि आठवटा वडाका कोही पनि नागरीकको उपस्थित रहेको थिएन् । 

   आर्थिक वर्ष २०८०।०८१ मा गाउँपालिकाले सञ्चालन गरेका भौतिक पूर्वधारका योजना, विषयत समितिअन्तर्गतका सबै गतिविधि निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले प्रस्तुत गर्नुभएको थियो । जसमा एक सय ४९ वटा भौतिक पूर्वाधारका योजना सम्पन्न भएको प्रगति विवरण प्रस्तुत निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले प्रमस्तुत गर्नुभएको थियो । उक्त आर्थिक वर्षमा ५० करोड, ५६ लाख ५४ हजार रुपैयाँ खर्च भएको आयव्ययसमेत प्रस्तुत गरिएको थियो । 

  जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु गाउँपालिकाको कम्जोरी नभएको उपाध्यक्ष शुसिला रोकाया (भाम)ले बताउनुभयो । गाउँपालिकाको काम गराई प्रति जनताको सन्तुष्ट नभएपनि सार्वजनिक सुनुवाईमा उपस्थित हुनु पर्ने उपाध्यक्ष रोकाया (भाम)ले बताउनुभयो । 

   अहिलेका नागरीक उपभोक्ता र पैसामुखी भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सुनुवाईका लागि बारम्बार जानकारी गराउँदा नागरीकको कम्जोरी भएको प्रमुख शर्माले बताउनुभयो । गाउँपालिकाले गाडी भाडा दिने र उपभोक्ता समिति बनाइ दिने भनेको भए तछाडमछाड गरी नागरीकको चाप बढ्थ्यो तर गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेपनि उपस्थित नहुनु सेवाग्राहीले आफ्ना लागि सञ्चालन गरिएका क्रियाकलाप जानकारी पाउनुपर्ने कार्यक्रममा कम्जोरी भएको प्रमुख शर्माले बताउनुभयो । 

   सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले जानकारी गर्दा पनि सेवाग्राही उपस्थिति नभएको बताउनुभयो । शैद्धान्तिक रुपमा हाम्रो समाज भनेको सार बुज्ने भन्दापनि रुपलाई हेर्ने प्रवृति रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । आगामी दिन अझै सुधार गरेर जाने प्रतिबद्धतासमेत अध्यक्ष भण्डारीले गर्नुभयो । आफैले निर्वाचीत गरेका जनप्रतिनिधिले सही काम गरे कि गरेनन्, राज्ये पठाएका कर्मचारीले पठाएका कर्मचारीले सही काम गरेका छन् कि छैनन् भनेर जिज्ञासा राख्नु पर्ने नागरीक आफै पन्छिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । 

  गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आजै भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय), गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, नेपाली कांग्रेसका जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान) लगायतको उपस्थित रहेको थियो । सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा एकदेखि आठसम्मका वडाध्यक्ष, कार्यापालिका सदस्य, सबै वडाका वडा सदस्य, अन्य कर्मचारी, विभिन्न लगायतको सहभागीता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै