नेभिगेशन
राजनीति

उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार सविता बुढा, एमाले माओवादी पर्ख र हेर

सिमकोट । मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवारका लागि नेपाली कांग्रेस उम्मेदवार छनोट गरेको छ । 

सर्केगाड गाउँपालिका–८ राहदेव गाउँका सविता बुढालाई नेपाली कांग्रेस जिल्ला संसदीय समिती बोर्डले सर्केगाडमा हुन लागेको उपाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेको जिल्ला पार्टी उपसभापति बसन्त रोकायाले बताउनुभयो ।

जिल्ला स्थिती नेकपा एमाले र माओवादीले पर्ख र हेरको अवस्था गरिरहेको समयमा कांग्रेसले शनिबार आफ्नो उम्मेदवारको नाम टुङगो लगाएको हो । 

निर्वाचन क्षेत्र नम्बर (क) मा पर्ने सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बुढालाई कांग्रेसले उम्मेदवारी खडा गरेको जानकारी उपसभापति रोकायाले बताउनुभयो । २०७९ सालको स्थानीय तहको उम्मेदवारमा नेपाली कांग्रेसबाट बुढा आकांक्षी समेत हुनु हुन्थ्यो । नेपाली कांग्रसबाट बुढा सर्केगाडमा बलियो उम्मेदवार समेत मानिनु हुन्छ । अन्य आकांक्षी भन्दा बुढा बलियो उम्मेदवार भएकाले उम्मेदवारीको नाम टुंगो लागेको कांग्रेस हुम्लाले जनाएको छ ।

सर्केगाड गाउँपालिकामा जातिय हिसाबले पनि बुढाको राम्रो क्षेत्र रहेको छ । भने बुढालाई राम्रो मान्ने भएका कारण पनि उम्मेदवारी चयन गरिएको हो । नेपाली कांग्रेसबाट बुढा बलियो उम्मेदवार हुन् । 

   कांग्रेस, एमाले, माओवादी गरी तीनवटा दल मध्य माओवादी र एमालेले आफ्नो उम्मेदवार अहिलेसम्म चयन गर्न सकिरहेको छैन् । सर्केगाडमा तीनवटा दलको हाबी भएपनि माओवादी र एमालेले उपाध्यक्ष पदको उम्मेदवार चयन गर्न नसकेको हो । 

   नेकपा माओवादी केन्द्र हुम्ला सर्केगाडको पालिका केन्द्रमा केन्द्रि भएको छ । भने एमाले सर्केगाडमा रहेका आठ वटै वडामा केन्द्रित भएको छ । 

  नेकपा एमाले हुम्ला यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताहरुको नेतृत्वमा टोली परिचालीत भएर घरदैलोमा व्यस्ते देखिएको छ । चारवटा समुह विभाजीत भएर घरदैलो अभियानमा एमाले लागि परेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । 

    यस्तै नेकपा माओवादी केन्द्र उपाध्यक्ष पदको उम्मेदवारी चयनका लागि सर्केगाडमा केन्द्रि भएको जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो । पार्टीको बैठक सर्केगाडमा सम्पन्न भएपनि उम्मेदवार चयनका लागि छलफल भएको पार्टी सचिव बोहराले बताउनुभयो ।  केही दिनमा मात्रै उपाध्यक्ष पदको उम्मेदवार चयन हुने बताइएको छ । 

   यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी गठनबन्ध हुँदा सर्केगाडको अध्यक्षमा ठान बहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की (मुक्ती) निर्वाचीत हुनु हुन्थ्यो । उपाध्यक्ष कार्की सुर्खेतबाट नेपालगञ्ज जाने समयमा दुर्घटनामा परी मृत्युभएपछि रिक्त उपाध्यक्ष पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेका हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै