नेभिगेशन
राजनीति

सर्केगाड उपाध्यक्षमा माओवादी तिमिल्सिना विजयी

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी उम्मेदवार तिमिल्सिनाले ४३ मतको अन्तरले विजयी हुनु भएको हो । 

   सर्केगाडमा जम्मा ६ हजार आठ सय १० मतदाता रहेकामध्ये ४ हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले १ हजार ६ सय ३७ मत ल्याएर विजय हासिल गर्नुभएको हो । उहाँकी निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सबिता बुढाले १  हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले १ हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेद्वार नरेश शाहीले ९ मत प्राप्त गर्नुभया । खसेका मतमध्ये ७७ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरेको छैन ।

   २०७९ सालमा कांग्रेस र माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए । त्यसबेला गठबन्धनबाट कांग्रेसका रोकाया अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उपाध्यक्ष कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो । 

   २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाउनु भएको थियो । एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी हुनु भएको थियो । 

  अध्यक्षमा कांग्रेसका रोकाया ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाउनु भएको थियो । आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जत्ुिन भएको थियो । 

  २०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो । त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाया विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित हुनु भएको थियो । शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको थियो । २०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

निर्वाचीत देवकीको राजनितिक यात्रा

निर्वाचित भएकी तिमल्सिनाले माओवादीले थालेको सशस्त्र युद्धकै बेला रेडियो गणतन्त्रमा काम गरेकी थिइन् । पार्टीमा समीक्षा नामले चिनिने उनी साहित्यकार, लेखक तथा ग्रामीण समाजको गहिरो अध्ययन गरेकी महिला नेतृ हुन् ।

सर्केगाड नगरपालिका–८, रादेउ निवासी देवकीले विभिन्न संघ, संस्थाहरूको विभिन्न पदमा रहेर अनुभव बटुलेकी छन् । पोलिटिकल साइन्समा एमए गरेकी उनी हाल माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य छिन् ।

मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार समेत रहेर कर्णालीको समाज र यहाँको आवश्यकताबारे जानकार छिन् । कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत भइसकेकी उनी पूर्व पत्रकार हुन्, उहाँले रेडियो गणतन्त्र नेपालमा २०६० देखि ०६३ सम्म काम गरेकी थिइन् ।

यस्तै उनले नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता, नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक, रेडियो मिरमिरेमा रेडियो पत्रकारका रूपमा काम गरेकी थिइन् । माओवादीको मुखपत्र जनादेश दैनिकमा समेत काम गरिन् उनले । उनले लैङ्गिक समानता, सामाजिक रूपान्तरणका विभिन्न तालिमहरू लिएर समाजको गहिरो अध्ययन गरिरहेकी छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

जिल्ला निर्वाचन कार्यालय हुम्लाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न आग्रह गरेको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागार अस्थायी मतदान स्थलमा जम्मा ४२ जनाले मतदान गरेको मतदान अधिकृत श्याम सापकोटाले जानकारी दिनुभएको छ ।
हुम्लामा ४ बजेसम्म १९ हजार ९ सय ५४ मत खस्यो

हुम्लामा ४ बजेसम्म १९ हजार ९ सय ५४ मत खस्यो

हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान उत्साहजनक रूपमा भइरहेको छ । बिहान ७ बजेदेखि जिल्लाभर एकैसाथ सुरु भएको मतदानमा दिउँसो अपरान्ह ४ बजेसम्म १९ हजार ९ सय...
हुम्लामा हर्षोल्लासका साथ शान्तिपुर्ण मतदान सुरु

हुम्लामा हर्षोल्लासका साथ शान्तिपुर्ण मतदान सुरु

हुम्ला जिल्लामा ५० प्रतिशत मतदान केन्द्रमा मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकुत बरालले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य सान्त र मर्यादित...