नेभिगेशन
अर्थ

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग रैथाने बाली खरिदबिक्रीका लागि सम्झौता

सिमकोट । हुम्लामा उत्पादीत रैथाने बाली खरिद बिक्रीवितरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र जिल्लाका तीन गाउँपालिका विच विहिबार सम्झौता भएको छ । 

   जिल्लाको स्थानीय स्तरमा उत्पादित खाद्यान्नको आपूर्ति व्यवस्था गराउनुका साथै रैथाने बालीको उपादकत्व वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्याउनका लागि सिमकोट, सर्केगाड र ताँजकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रधान कार्यालय काठमाण्डौँसँग सम्झौता भएको हो । 

   दुर्गम क्षेत्रका जनतालाई सहज सुलभ र नियमीत रुपमा खाद्यान्न खाद्यान्न उपलब्ध गराउन नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना, खाद्यान्नको मौज्जात व्यवस्थापन, ढुवानी, विक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने, स्थानीय स्तरमा उत्पादन हुने वालीहरुको संकलन, बजारीकरण विक्रीको सुनिश्चितताका लागि सहकार्य तथा बजारीकरण गर्ने सम्झौताको उद्देश्य रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । कम्पनीले हुम्लामा उत्पादित चिनो, कागुनो, भटमास, कोदो, फापर, मार्सी चामल लगायतका अर्गानिक खाद्यान्न बाली बजारीकरण गर्ने भएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

   कम्पनीले सिमकोट गाउँपालिकासँग रैथाने बाली बजारीकणका लागि सम्झौता गरेको दुई वर्षको समयावधि सकिएको छ । जिल्लाका तीनवटा गाउँपालिकासँग कम्पनीले यो पटक पाँच वर्षका लागि सम्झौता गरेको छ । भने आवश्यक अनुसार परिमार्जन गर्न सकिने भनिएको छ । 

   खाद्यान्नको गुणस्तर, मूल्य निर्धारण र ढुवानी मापदण्ड कम्पनीको नियम अनुसार हुने भएको छ । भने बिक्री कक्षको सञ्चालन समय स्थानीय आवश्यकता अनुसार निर्धारण हुने भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । 

   व्यापार कम्पनीसँ जिल्लामा उत्पादित रैथाने बाली विकास तथा प्रवद्धर्नका लागि खरिद, विक्री सम्झौतामा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी, सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले हस्ताक्षर गर्नुभएको छ । हुम्लामा उत्पादित खाद्यान्न बालीको बजारीकरणमा समस्या भएपछि कम्पनीले स्थानीय तहसँग सम्झौता गरी काम सुरु गरेको कम्पनीले जनाएको छ । यहाँका स्थानीय तहले एक ट्रक रैथाने बाली संकलन गरेपछि मात्रै बजारीकरणका लागि प्रक्रिया अगाडी बढाउने भएको छ । उत्पादनको परिणाम अनुसार रैथाने बालीको संकलन गरी विक्री प्रक्रिया र बजारीकरण हुने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...