नेभिगेशन
राजनीति

एमाले हुम्लाको बैठक सिमकोटमा बस्दै

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) हुम्ला जिल्ला कमिटिको बैठक माघ १४ गते बस्ने भएको छ । सदरमुकाम सिमकोटमा पार्टीको पाँचौ पूर्ण बैठक बस्न लागेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । बैठकमा संगठन निर्मार्ण लगायतका विभिन्न विषयमा छलफल हुने भएको बताइएको छ ।

गएको पुष २१ र २२ गते बसेको केन्द्रीय कमिटिको बैठकले ३ महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्ला कमिटि हुम्लाको बैठक बस्न लागेको जिल्ला कमिटि सचिव बोहराले जानकारी दिनुभयो । यही माघ ५ गते बसेको कर्णाली प्रदेश कमिटिको बैठकले पनि केन्द्रीय कमिटिले गरेको निर्णय अनुसार वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै १४ गते बैठक बस्न लागेको पाटी सचिब बोहोराले बताउनुभयो ।

उक्त बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटिका सदस्यहरु सबै, सम्पुर्ण जिल्ला कमिटिका सदस्यहरु र सातवटै गाउँ कमिटिका अध्यक्षहरुलाई अनिर्वाय उपस्थित हुन सचिव बोहराले आग्रह गर्नुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै