नेभिगेशन
राजनीति

एमाले हुम्लाको बैठक सिमकोटमा बस्दै

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) हुम्ला जिल्ला कमिटिको बैठक माघ १४ गते बस्ने भएको छ । सदरमुकाम सिमकोटमा पार्टीको पाँचौ पूर्ण बैठक बस्न लागेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । बैठकमा संगठन निर्मार्ण लगायतका विभिन्न विषयमा छलफल हुने भएको बताइएको छ ।

गएको पुष २१ र २२ गते बसेको केन्द्रीय कमिटिको बैठकले ३ महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्ला कमिटि हुम्लाको बैठक बस्न लागेको जिल्ला कमिटि सचिव बोहराले जानकारी दिनुभयो । यही माघ ५ गते बसेको कर्णाली प्रदेश कमिटिको बैठकले पनि केन्द्रीय कमिटिले गरेको निर्णय अनुसार वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै १४ गते बैठक बस्न लागेको पाटी सचिब बोहोराले बताउनुभयो ।

उक्त बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटिका सदस्यहरु सबै, सम्पुर्ण जिल्ला कमिटिका सदस्यहरु र सातवटै गाउँ कमिटिका अध्यक्षहरुलाई अनिर्वाय उपस्थित हुन सचिव बोहराले आग्रह गर्नुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै