नेभिगेशन
राजनीति

हिमज्योती बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा संञ्ज्याल अध्यक्ष पदमा चयन

सिमकोट । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउापालिका स्थित हिमज्योती बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसहमत चयन गरेको छ । आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ÷संगठनबीचको सहमतिमा नेतृत्व चयन भएको हो ।

स्वबियुं निर्वाचन अधिकृत देब बिक्रम शाहीका अनुसार क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निट अनेरास्वबियुका केन्द्रिय सदस्य जयराज संञ्ज्याल सर्वसहमत निर्वाचित भएका छन । यस्तै सचिवमा उपेन्द्र रावल (अनेरास्ववियु समाजवादी), कोषाध्यक्ष पद मा कुम्भ फडेरा कांग्रेस निकट (नेबिसंघ) बाट सर्वसम्वत निर्वाचित भएको जनाइएको छ । यस्तै उपाध्यक्षमा (अनेरास्वबियु) क्रान्तीकारीका हेमन्त बहादुर शाही लगायत १५ सदसिय नेतृत्व चयन गरिएको छ । सोही क्याम्पसमा भने पहिलो पटक स्वबियुको नेतृत्व चयन गरिएको छ । यस अघिका स्वबियु निर्वाचनमा कुनै पनि भाग नलिएका संघ संगठनले यतिबेला भाग लिएका हुन ।

यस्तै सह सचिवमा अर्जनुन ठकुल्ला )नेबिसंघ), सदस्यमा धनदेबी सिरा (अनेरास्वबियु) आकास बिक, सर्मिला परियार, स्वस्तिका बुढा अनेरास्वबियु (क्रन्तीकारी) सृजना बुढा अखिल (समाजवादी) बालकृष्ण बुढा थोकी, सरला शाही, बिकास शाही रामसरण शाही नेबिसंघबाट निर्वाचित भएका छन ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै