नेभिगेशन
राजनीति

जिल्लाको राजनितिक पुस्ता हस्तान्तरका लागि भोट बजारमा बसन्त रोकाया

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लो गाउँमा जन्मिनुभएका लेखक तथा साशित्यकार बसन्त रोकाया (बसन्तश्री) ले आफ्नो बाह्रौ कृति भोट खण्ड काव्य जिल्लाको राजनितीक पुस्ता हस्तान्तरणका लागि आएको बताउनुभयो । हुम्लामा भोटको राजनितिक गर्नु हुँदैन विकासको राजपनपतक गर्नुपर्छ भनेर यो तेस्रो खण्ड काव्य लेखिएको हो । 

त्यहीँ भएर भोट किनेबेच भनेको जनता किनबेच हो, जनता किनबेच हुने हुँदा न्याय पनि किनबेच हुन पुग्ने गरेको साहित्यकार रोकायाले बताउनुभयो । भोट किनबेच हुँदा सस्तोमा विक्री भइरहेको छ । भोट र चुनावी अभियानका विषयवस्तुका साथै विकासदेखि जनताका हक अधिकार लगायतका विषयमा आफ्नो कृतिमा रोकायाले लेखन गर्नुभएको छ ।

शनिबार लेखक तथा साहित्यकार रोकायाले शनिबार अनौपचारीक रुपमा नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा, त्यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत, प्रेस चौतारी जिल्ला अध्यक्ष दाने बोहरा, रेडियो कैलाशका स्टेशन म्यानेजर जनक बहादुर शाहीलाई आफ्नो कृति प्रदान गर्नुभएको थियो । 


रोकायाको पहिलो कृति अक्षर या चीत्कारहरु कवितासंग्रह बजारमा आएको थियो । यो उहाँको तेस्रो खण्ड काव्य हो । आफ्नो तेस्रो खण्ड काव्य भोटका विषयमा जानकारी समेत गराउनु भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै