नेभिगेशन
राजनीति

जिल्लाको राजनितिक पुस्ता हस्तान्तरका लागि भोट बजारमा बसन्त रोकाया

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लो गाउँमा जन्मिनुभएका लेखक तथा साशित्यकार बसन्त रोकाया (बसन्तश्री) ले आफ्नो बाह्रौ कृति भोट खण्ड काव्य जिल्लाको राजनितीक पुस्ता हस्तान्तरणका लागि आएको बताउनुभयो । हुम्लामा भोटको राजनितिक गर्नु हुँदैन विकासको राजपनपतक गर्नुपर्छ भनेर यो तेस्रो खण्ड काव्य लेखिएको हो । 

त्यहीँ भएर भोट किनेबेच भनेको जनता किनबेच हो, जनता किनबेच हुने हुँदा न्याय पनि किनबेच हुन पुग्ने गरेको साहित्यकार रोकायाले बताउनुभयो । भोट किनबेच हुँदा सस्तोमा विक्री भइरहेको छ । भोट र चुनावी अभियानका विषयवस्तुका साथै विकासदेखि जनताका हक अधिकार लगायतका विषयमा आफ्नो कृतिमा रोकायाले लेखन गर्नुभएको छ ।

शनिबार लेखक तथा साहित्यकार रोकायाले शनिबार अनौपचारीक रुपमा नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा, त्यसैगरी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत, प्रेस चौतारी जिल्ला अध्यक्ष दाने बोहरा, रेडियो कैलाशका स्टेशन म्यानेजर जनक बहादुर शाहीलाई आफ्नो कृति प्रदान गर्नुभएको थियो । 


रोकायाको पहिलो कृति अक्षर या चीत्कारहरु कवितासंग्रह बजारमा आएको थियो । यो उहाँको तेस्रो खण्ड काव्य हो । आफ्नो तेस्रो खण्ड काव्य भोटका विषयमा जानकारी समेत गराउनु भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै