नेभिगेशन
राजनीति

रादेव माविको विव्यस अध्यक्षमा चुनावि प्रक्रियाबाट ५६ मतले भण्डारी बिजय

सिमकोट ।  जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुईमा रहेको रामदेव माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन निर्वाचन प्रकृयाद्धारा भएको छ । निकै दिनको कसरतले पुर्णता नपाएपछि अन्ततः निर्वाचन प्रकृया अपनाई विद्यालय व्यबस्थापन समिति गठन गरिएको प्रधानाध्यापक टिकाराम पौडेलले बताउनु भयो ।

निर्वाचन प्रकृया मार्फत अध्यक्षमा नर भण्डारीले ५६ मतले बिजयी भएका छन् भने प्रतिस्प्रधी राम भण्डारीले ५१ मत ल्याउनु भएको हो । विद्यालय व्यवस्थापन समितिको पदाधिकारीका लागि सहमती जुटाउने प्रयास गरे पनि अन्ततः सहमति नहुदा चुनाव भएको हो । सहमति नजुटेपछि अध्यक्ष पदको लागि नर भण्डारी र राम भण्डारी चुनावी मैदानमा उत्रिएका थिए ।

अध्यक्षमा निर्वाचित नर भण्डारीले कलमको चिन्ह र उनका प्रतिद्धन्दी राम भण्डारीले कपी चिन्ह लिएर चुनावमा होमीएका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका १०७ अभिभावकले मतदान गरेका हुँन् सबै मत खस्दै गर्दा अध्यक्षमा नर भण्डारी ५६ मत प्राप्त गर विजयी भएका हुँन् ।

अन्य सदस्यहरु भने सर्बसम्मत भएका हुँन् । जिल्लाभर अधिकांस विद्यालय व्यबस्थापन समिति सर्वसहमतीमै भैरहेका बेला रामदेव मा वि ठेहेमा चुनावी प्रक्रिबाट विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको लागी विद्याको मन्दिर जस्तो पवित्र ठाँउमा पनि पार्टी गत राजनितिक भागबण्डा बाटै अध्यक्ष चयन हुदा बजारमा यतिबेला चर्चाको विषय बनको छ ।

गत वर्ष जिल्लाको तल्लो क्षेत्र सर्केगाड गाउँपालिका वडा नम्बर १ को देवल आधारभुत विद्यालय पनि चुनावी प्रकृया मार्फत राज कृष्ण शाही अध्यक्षमा निर्वाचित भएको थिए । अन्य सबै विद्यालयमा प्राय सर्बसम्मत गठन गरीएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै