नेभिगेशन
राजनीति

हुम्ला कर्णालीका अन्य जिल्लाभन्दा  विकासले  निकै पछिपर्यो : पूर्व मुख्यमन्त्री शाही

सिमकोट । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफुलाई सिलान्यास र उद्घाटन जस्ता कार्यक्रमको त्यति चासो नहुने बताउनुभएको छ । पूर्व मुख्यमन्त्री शाहीले भन्नुभयो, ुम हुम्ली हुँ, हुम्लाकै भाइ छोरा भएको हुनाले यहाँको विकास चाहन्छु । यहाँका ठेकेदारले काम लिनुहोस्, काम लिएपछि विकास गर्नुहोस् त्यसमा सहयोग गर्न तयार छु । हुम्ली जनताले सेवा र सुविधा सहज रुपमा प्राप्त गर्न पाउनु पर्छ भन्ने आफ्नो चाहना भएको शाहीको भनाई थियो ।

पूर्व मुख्यमन्त्री शाहीले चंखेली गाउँपालिका-२ र ४ वडालाई जोड्ने लोती कर्णाली नदी माथिको अस्थायी बेलिवृज पुल उद्घाटनमा उक्त कुरा बताउनुभएको हो । चंखेलीबासीका यि दुई वडाले वारपार गर्दा तुइन तर्नु पर्ने अवस्था थियो । तुइनको अन्त्य गर्नका लागि आफ्नो सरकार हुँदा अस्थायी बेलिवृज निर्माणका लागि बजेट विनियोजन गरेको शाहीको भनाई थियो । बेलिवृज निर्माणका चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही र पूर्वधार विकास कार्यालयका प्रमुख नरेश जैसी पनि हुम्लीकै छोरा भएको हुनाले उनीहरुको यस निर्माण र पहलमा निकै ठूलो भूमिका समेत रहेको भन्दै प्रसंशा समेत गर्नुभएको थियो । त्यस्तै कङग्री कन्ट्रक्सनले ठेक्का प्रक्रियाबाट छोटो समयमा नै बेलिवृज पुल निर्माण गर्दा शाहीले ठेकेदार कम्पनीलाई धन्यवाद समेत दिनुभएको थियो ।

हुम्लाकै अधिकांस ठेकेदारले पुल निर्माणलगायतका विकास निर्माणका जिम्मा लिएका छन् तर उनीहरुले समयमै काम सम्पन्न गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ुजिम्मा लिएको काम छिटो सकाउन भन्दा उनिहरु रिसाउने गर्छन् । हामीले बाध्यताले एउटा दल वा पार्टीको प्रतिनिधित्व गर्ने भएपनि हुम्लाको विकासका लागि एक ठाउँमा उभिनु पर्छ ।

बाध्यताले एक पार्टी अंगाले पनि हुम्लीको छोरा बन्न चाहेको शाहीको भनाई थियो । उहाँले भन्नुभयो, ुहामी विकासमा पछि परेका छौँ । पछि परेको विकासलाई गति दिन चाहन्छु । चंखेलीको लोती खोलामा निर्माण भएको बेलिवृज पुल अस्थायी हो, हामीले पक्की पुल निर्माणका लागि लाग्नु पर्छ । त्यसका लागि आफुले जरुर प्रयास गर्ने प्रतिवद्धता गर्दछु ।

हुम्लामा विद्युत, टेलिफोन र बाटोघाटोका काममा प्रथामिकता दिनका लागि पर्ने उहाँले बताउनुभयो । जनताको दुःख नै आफ्नो दुःख हो, जनताको सुख नै आफ्नो सुख भएको हुँदा जनताको सुखका लागि लाग्ने उहाँको भनाई छ । आफु जनताको सेवक भएकोले यो काम गर भनेर जनताले भनेमा आफुले सो काम गर्न अझै लागि पर्ने शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ुपछिल्लो १५ वर्षको विकास तुलनामा हेर्ने हो भने हुम्लामा थुप्रै विकासका काम भएका छन् । छिमेकी जिल्ला मुगु, जुम्ला हाम्रो भन्दा धेरै अगाडी विकास भएका हुन् । तर हामी कसैलाई दोष नदिएर भन्ने हो भने हुम्लाको विकासका लागि खासै कसैको चासो गएको देखिएन् । छोटो समय दश, पन्ध्र वर्षको समयमा सडकले चीनसँगको हिल्सा जोडिएको छ । जिल्लाका विभिन्न स्थानीय तहका वस्तिहरुमा सडकले छोएका छन् । सडक पुगेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक...
नेकपा एमालेको सातौ  पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

नेकपा एमालेको सातौ पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

सोमबार बिहान पाटी कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले पाटीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व...