नेभिगेशन
राजनीति

नेकपा एमाले सर्केगाड गाउँ कमिटीको नियमीत बैठक सम्पन्न

सिमकोट । नेकपा एमाले सर्केगाड गाउँपालिका कमिटीको आयोजनामा नियमीत बैठक सम्पन्न भएको छ ।

गाउँपालिका कमिटी अध्यक्ष गोकुल रावलको अध्यक्षतामा र जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्यमा एमाले सर्केगाड गाउँपालिका कमिटी बैठक सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सर्केगाड बजारमा पालिकास्तरीय नेता कार्यकर्ताको ठूलो उपस्थितमा बैठक सम्पन्न भएको हो ।

बुधबार भएको एमाले सर्केगाड गाउँ कमिटीले विभिन्न विषयवस्तुमा रहेर छलफल गरी बैठक सम्पन्न भएको गाउँ कमिटी उपसचिव चन्द्रविर बुढाले बताउनुभयो । बुधबार सर्केगाड बजारमा भएको बैठकले पार्टी सदस्यता नविकरण, नियमीत बैठकमा हुने छलफलका अन्य विषयवस्तु र भातृ संगठन गठन गरिएको उपसचिव बुढाले जानकारी दिनुभयो ।

यस्तै आजै भएको बैठकले सर्केगाड गाउँपालिकामा मनिसिंह विकको अध्यक्षतामा ११ सदस्यीय उत्पिडन जातिय मुक्ति समाज गठन गरिएको जानकारी प्रप्त भएको छ । एमाले सर्केगाड गाउँ कमिटीले आगामी दिनहरुमा अझै कसरी अगाडी बढ्न सकिन्छ र संगठनलाई अझै बलियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
भर्खरै