नेभिगेशन
राजनीति

नेकपा एमाले सर्केगाड गाउँ कमिटीको नियमीत बैठक सम्पन्न

सिमकोट । नेकपा एमाले सर्केगाड गाउँपालिका कमिटीको आयोजनामा नियमीत बैठक सम्पन्न भएको छ ।

गाउँपालिका कमिटी अध्यक्ष गोकुल रावलको अध्यक्षतामा र जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आथित्यमा एमाले सर्केगाड गाउँपालिका कमिटी बैठक सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सर्केगाड बजारमा पालिकास्तरीय नेता कार्यकर्ताको ठूलो उपस्थितमा बैठक सम्पन्न भएको हो ।

बुधबार भएको एमाले सर्केगाड गाउँ कमिटीले विभिन्न विषयवस्तुमा रहेर छलफल गरी बैठक सम्पन्न भएको गाउँ कमिटी उपसचिव चन्द्रविर बुढाले बताउनुभयो । बुधबार सर्केगाड बजारमा भएको बैठकले पार्टी सदस्यता नविकरण, नियमीत बैठकमा हुने छलफलका अन्य विषयवस्तु र भातृ संगठन गठन गरिएको उपसचिव बुढाले जानकारी दिनुभयो ।

यस्तै आजै भएको बैठकले सर्केगाड गाउँपालिकामा मनिसिंह विकको अध्यक्षतामा ११ सदस्यीय उत्पिडन जातिय मुक्ति समाज गठन गरिएको जानकारी प्रप्त भएको छ । एमाले सर्केगाड गाउँ कमिटीले आगामी दिनहरुमा अझै कसरी अगाडी बढ्न सकिन्छ र संगठनलाई अझै बलियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै