नेभिगेशन
वाल आवाज

ताँजाकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता गरी ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

ताँजाकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता गरी ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो


सिमकोट 

ताँजाकोट गाउँपालिकामा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ताजाकोट गाउँपालिकाको आयोजना अपाङ्गता अधिकार कोष को आर्थिक सहयोग र हेड नेपाल संस्थाको सहयोग र समन्वयमा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस वक्तृत्वकला प्रतियोगिता गरी मनाइएको सञ्चारकर्मी भक्तराज ऐडीले जानकारी दिनु भएको छ । निमावि स्तरिय  वक्तृत्वकला प्रतियोगितामा ताँजाकोट गाउँपालिकाका पाँच वटा विद्यालयले सहभागिता जनाएका थिए । 


मदनादेव मा वि, चन्द्रदेव मा वि,रामदेव आ वि, क्षेत्रपाल आ वि, धर्मोदय मा वि गरी पाँच विद्यालयका छात्र छात्रा गरी दस जनाको  सहभागीता रहेको थियो । जसमा छात्रातर्फ १३.८५ अङक ल्याएर चन्द्रप्रकाश मा विका पप्लीका ढकाल प्रथम, १३.६६ अङक ल्याएर मदनादेव मा विका जानु बोगटी दृतिय, १३.०० अङक ल्याएर धर्मोदय मा विका अञ्जना सार्की तृतीय भएका छन । भने छात्र तर्फ १४.६६ अङक ल्याएर धर्मोदय मा विका नवीन उपाध्याय प्रथम, १३.४१ अङक ल्याएर चन्द्रप्रकाश मा विका विराज बोगटी दृतिया, १२.५८ अङक ल्याएर मदना देव मा विका गोरख बोगटी तृतीय भएका छन । 


कार्यक्रममा हेड नेपाल संस्थाको सार्वजनिक सुनुवाई, सल्लाहकार समिति बैठक,कचहरी लगायत विषयमा सम्वाद तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा १३५ जना सहभागी भएका थिए । प्रतियोगिता मा सहभागी छात्र छात्रा लाई ताजाकोट गाउँपालिकाले पुरस्कार व्यवस्था गरेको थियो ।  ताजाँकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षता कार्यक्रम सञ्चालन गरीएको सञ्चारकर्मी ऐडीले बताउनु भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
वालविवाह विरुद्ध विद्यार्थी जगाउँदै सामाजिक विकास कार्यालय

वालविवाह विरुद्ध विद्यार्थी जगाउँदै सामाजिक विकास कार्यालय

वाल विवाह र छाउपडी प्रथा न्यनिकरणका लागि सामाजिक विकास कार्यालयले गरेको विद्यालय सचेतना कार्यक्रम प्रति जिल्लाका शिक्षक–शिक्षिका र विद्यार्थीहरु पनि उत्साहित भएका छन् ।
चंखेलीमा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न ।।

चंखेलीमा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न ।।

हुम्लाको चंखेली अगाउँपालिकामा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिक्षण सिकाइ सुधार, गुणस्तरीय शिक्षा अभिवृद्धि, विद्यालय...
भर्खरै