नेभिगेशन
वाल आवाज

देवल आधारभुत विद्यालयका विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा बितरण

हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर एक स्थित बालुकुनामा रहेको देवल आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कगडा वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्रबिधिक  सहयोगमा तथा कर्णाली एकीकृत ग्रमिण बिकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल हुम्ला द्वारा सन्चालित एकिकृत समुदाय बिकास परियोजना (क्ष्ऋम्ऋ)अन्त्रगत आज एक कार्यक्रममा बिच विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हाम्रा स्थानिय समाचारदाता रतन रावतले जानकारी दिनुभएको छ । तुम्चमा रहेको देवल आधारभुत बिद्यालय का ४९ जना स्पोन्सर बालबालिकाहरुलाई जाडोमा लगाउने ट्याक सुट,जुता,मोजा,पन्जा,रुमाल र टोपी बितरण गरियको हो । उक्त बितरण कार्यक्रम गुड नेवर्स इन्टरनेसनल नेपाल हुम्लाका सामाजिक परिचालक छत्त रोकायाको उपस्थितिमा बिद्यार्थीहरु र अभिभावकहरु गरि करिब ७० जनाको उपस्थितिमा आज न्यानो कपडा बितरण गरिएको छ भने भोलि वडा नम्बर एकमा रहेका बिहानि आधारभुत विद्यालय ,तारा आधारभुत विद्यालय,गणतन्त्र प्राथमिक विद्यालय ,सिर्जनशिल आधारभुत विद्यालय र सरस्वती माध्यमिक विद्यालयका गरी जम्मा एक सय ९० जनालाई न्यानो कपडा वितरण गरिने भएको सामाजिक परिचालक छत्त रोकाया ले बताउनु जानकारी दिनभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
ताँजाकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता गरी ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

ताँजाकोट गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता गरी ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

ताजाकोट गाउँपालिकाको आयोजना अपाङ्गता अधिकार कोष को आर्थिक सहयोग र हेड नेपाल संस्थाको सहयोग र समन्वयमा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस वक्तृत्वकला प्रतियोगिता गरी मनाइएको सञ्चारकर्मी भक्तराज ऐडीले...