नेभिगेशन
वाल आवाज

देवल आधारभुत विद्यालयका विद्यार्थीलाई जाडोको लागि न्यानो कपडा बितरण

हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर एक स्थित बालुकुनामा रहेको देवल आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कगडा वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्रबिधिक  सहयोगमा तथा कर्णाली एकीकृत ग्रमिण बिकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल हुम्ला द्वारा सन्चालित एकिकृत समुदाय बिकास परियोजना (क्ष्ऋम्ऋ)अन्त्रगत आज एक कार्यक्रममा बिच विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हाम्रा स्थानिय समाचारदाता रतन रावतले जानकारी दिनुभएको छ । तुम्चमा रहेको देवल आधारभुत बिद्यालय का ४९ जना स्पोन्सर बालबालिकाहरुलाई जाडोमा लगाउने ट्याक सुट,जुता,मोजा,पन्जा,रुमाल र टोपी बितरण गरियको हो । उक्त बितरण कार्यक्रम गुड नेवर्स इन्टरनेसनल नेपाल हुम्लाका सामाजिक परिचालक छत्त रोकायाको उपस्थितिमा बिद्यार्थीहरु र अभिभावकहरु गरि करिब ७० जनाको उपस्थितिमा आज न्यानो कपडा बितरण गरिएको छ भने भोलि वडा नम्बर एकमा रहेका बिहानि आधारभुत विद्यालय ,तारा आधारभुत विद्यालय,गणतन्त्र प्राथमिक विद्यालय ,सिर्जनशिल आधारभुत विद्यालय र सरस्वती माध्यमिक विद्यालयका गरी जम्मा एक सय ९० जनालाई न्यानो कपडा वितरण गरिने भएको सामाजिक परिचालक छत्त रोकाया ले बताउनु जानकारी दिनभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
वालविवाह विरुद्ध विद्यार्थी जगाउँदै सामाजिक विकास कार्यालय

वालविवाह विरुद्ध विद्यार्थी जगाउँदै सामाजिक विकास कार्यालय

वाल विवाह र छाउपडी प्रथा न्यनिकरणका लागि सामाजिक विकास कार्यालयले गरेको विद्यालय सचेतना कार्यक्रम प्रति जिल्लाका शिक्षक–शिक्षिका र विद्यार्थीहरु पनि उत्साहित भएका छन् ।
चंखेलीमा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न ।।

चंखेलीमा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न ।।

हुम्लाको चंखेली अगाउँपालिकामा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिक्षण सिकाइ सुधार, गुणस्तरीय शिक्षा अभिवृद्धि, विद्यालय...
भर्खरै