नेभिगेशन
राजनीति

सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

सिमकोट

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम नामावली प्रकाशन पश्चात जिल्लाका दलहरु धमाधम चुनावी प्रचारका अभियान सञ्चालनमा केन्द्रीत देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेपश्चात प्रमुख दलहरुले सदरमुकाम सिमकोटमा औपचारिक रुपमा उम्मेरदवारको सम्पर्क कार्यालय स्थापना गर्न लागेका हुन् ।

आज मात्रै सिमकोटमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेरदवारको सम्पर्क कार्यालय स्थापना गरेका छन् ।  पार्टी कार्यालय समेत रहेको मनोमहन स्मृती प्रतिष्ठानमा समानुपातिक तथा प्रत्यक्ष उम्मेरदवारको सम्पर्क कार्यालय उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले निर्वाचन केन्द्रीत गतिविधि अब सम्पर्क कार्यालयबाट अघि बढाईने जानकारी दिनुभयो  । पार्टीको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै रावलले देशको अस्थित्व रक्षा प्रमुख चुनौती भएको उल्लेख गर्दै संसद भवन जलाउने, सिंहदरबारमा आगो लगाउनेलाई भन्दा राष्ट्र र राष्ट्रियताको पक्षमा अनवरत वकालत गर्ने पार्टी एमालेका उम्मेरदवारलाई बिजयी गराउने आग्रह गर्नुभयो ।

 
कार्यालय उद्घाटन कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासालाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा समानुपातिकतर्फका उम्मेरदवार गोरखबहादुर बोगटीले २६ वर्षको अन्तरालमा एमालेले हुम्लाको प्रतिनिधित्व नभएकाले हुम्लाका विविध विषयहरुले संसदमा प्रवेश नपाएको उल्लेख गर्दै त्यसलाई यो पटकको निर्वाचनमा हुम्लाका मतदाताले बुझ्ने जानकारी दिनुभयो ।


कार्यत्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रत्यक्षतर्फका उम्मेरदवार दल फडेराले पहिलो पटक हुम्लाबाट प्रतिनिधि सभामा उम्मेरदवार बनेको उल्लेख गर्दै आफू पदमा हुँदा पनि नहुँदा पनि जिल्लाका सवालमा हातेमालो गरेको बताउनु भएको छ । प्रतिनिधि सभामा निर्वाचित भएपछि आफू संसदमा निदाएर भन्दा हुम्ला समृद्धीका सवाललाई बुलन्दका साथ उठाउने भएकाले आफूलाई मत हाल्न आग्रह गर्नुभयो ।


यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि उम्मेरदवारको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । निर्वाचनको प्रचारलाई प्रभावकारी बनाउनका लागि प्रत्यक्षतर्फका उम्मेरदवार डा. दिपेन्द्र रोकायाको सम्पर्क कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन गरेको हो । तत्कालिन एकिकृत समाजवादीको पार्टी कार्यालय रहेको भवनमा उम्मेरदवार सम्पर्क कार्यालय रहने गरी आज उद्घाटन गरेको पार्टीका केन्द्रीय सदस्य बिजय भण्डारी प्रतिरोधले जानकारी दिनुभयो छ । पार्टीका तर्फबाट उम्मेरदवार डा. रोकायाले आप्mनो तर्फबाट अपिल समेत सार्वजनिक गर्नु भएको छ । उम्मेरदवार डा. रोकायाले राष्ट्रिय मुद्धाका रुपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न, संघीयताको सवलिकरण गर्ने, विद्यमान शासकीय स्वरुपमा संशोधन गर्ने लगायतका मुद्धा सार्वजनिक गर्नुभएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै