नेभिगेशन
राजनीति

उत्तरी सीमा क्षेत्र हिल्सामा क्वारेन्टाइन र यारीमा सुख्खा बन्दरगाह नेकपाको चुनावी एजेण्डा


सिमकोट

नेपाली कम्युनिस्ट पार्टी नेकपा हुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समग्र विकासलाई केन्द्रमा राख्दैँ चुनावी एजेण्डा सार्वजनिक गरेको छ ।
 सडक,विद्युत,सञ्चार,शिक्षा,स्वास्थय र रोजगारी क्षेत्रलाई प्रथामिकता राख्दैँ चुनावी एजेन्डा सार्वजनिक गरेको हो । 
नेकपा हुम्लाको  उत्तरी सीमा क्षेत्र, हिल्सा नाकामा क्वारेन्टाइन देखि यारीमा सुख्खा बन्दरगाह निर्माण गर्न चुनावी एजेण्डा अघि सारेको छ । 


लिमीदेखि चंखेली, रारा, जुम्ला, डोल्पा हुँदै मुस्ताङ पुग्ने सडकलाई हिमाली  पर्यटकीय सडकको नामकरण गरेर हिमाली क्षेत्रको यातायात विकास प्रणाली सुचारु गर्न महत्वपूर्ण एजेण्डा सारेको छ । 
यस्तै गरी कर्णाली  करिडोरको स्तरोन्नति, राष्ट्रिय प्रसारण लाइन तथा अप्टिकल फाइबर विस्तार मार्फत सडक, विद्युत र सञ्चार सेवा सुचारु गर्न बताइएको छ । 


हुम्ला जस्ता हिमाली जिल्लाको दिगो विकासका लागि हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना गर्ने पहल गरिनेछ ।
हुम्ला जिल्लामा लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्र आकर्षित गरिने नेकपा हुम्लाबाट प्रतिनीधी सभाका उम्मेदार डाक्टर दीपेन्द्र रोकायाले जानकारी दिनुभयो ।
 कृषि,जडीबुटी,पर्यटन,ऊर्जा लगायतका क्षेत्रमा सम्भाव्यता अध्ययन गरी आयोजना बैक तयार गर्न लक्ष्य रहेको डाक्टर रोकायाले बताउनुभयो ।
 जिल्लाको भूगोल र पर्यावरणलाई ध्यान दिदैँ सुरुङ मार्ग,केवलकार रोप वे, पोड वेको सम्भाव्यता अध्ययन गर्न लगाइने एजेण्डामा उल्लेख छ ।


 जिल्लालाई फलफुल बगैचाको जिल्लाको रुपमा विकास गराउन विशेष गुरुयोजना तयार गर्नुका साथै पालिका केन्द्रहरुमा शितगृह स्थापनाका लागि पहल गर्न र पालिका केन्द्रमा कृषि मार्ट स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्सहान गर्न एजेण्डा सार्वजनिक गर्नुभएको छ ।


जिल्लामा अर्गनिक उत्पादन बढाउन तथा मासु दुध र अण्डामा आत्मनिर्भर हुन पुशपालन चरन क्षेत्र विकास खर्क सुधार आयोजना अगाडी बढाउन प्रोत्साहित गर्न देखि हुम्ला भोट क्षेत्रको जडान सभ्यता बीचको खसान सभ्याता लोक जीवन विभिन्न स्थानीय कला संस्कृतिलाई हुम्ला चिनाउने ब्रान्डिङ गर्न पहल गरिने चुनावी एजेण्डा नेकपा हुम्लाले सार्वजनिक गरेको छ । 


प्रतिबद्धता–पत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि हुम्ली जनताले खोजेका नेता डा दिपेन्द्र रोकायालाई तारा चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक

‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक

नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । ‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित...
एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

आइतबार बसेको निर्वाचन परिचालन मूल कमिटीको बैठकले यहि माघ १४ गते जिल्लाका ४४ वटै वडाबाट एकै साथ प्रचार अभियान सञ्चालन गर्ने भएको हो । 
सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम नामावली प्रकाशन पश्चात जिल्लाका दलहरु धमाधम चुनावी प्रचारका अभियान सञ्चालनमा केन्द्रीत देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको...
मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

नेकपा –एमालेका केन्द्रीय सदस्य तथा हुम्लाका निर्वाचन संयोजक दल रावल, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदार दल फडेरा सहितको टोलीसँग मुख्य निर्वाचन...
भर्खरै