नेभिगेशन
राजनीति

उत्तरी सीमा क्षेत्र हिल्सामा क्वारेन्टाइन र यारीमा सुख्खा बन्दरगाह नेकपाको चुनावी एजेण्डा


सिमकोट

नेपाली कम्युनिस्ट पार्टी नेकपा हुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समग्र विकासलाई केन्द्रमा राख्दैँ चुनावी एजेण्डा सार्वजनिक गरेको छ ।
 सडक,विद्युत,सञ्चार,शिक्षा,स्वास्थय र रोजगारी क्षेत्रलाई प्रथामिकता राख्दैँ चुनावी एजेन्डा सार्वजनिक गरेको हो । 
नेकपा हुम्लाको  उत्तरी सीमा क्षेत्र, हिल्सा नाकामा क्वारेन्टाइन देखि यारीमा सुख्खा बन्दरगाह निर्माण गर्न चुनावी एजेण्डा अघि सारेको छ । 


लिमीदेखि चंखेली, रारा, जुम्ला, डोल्पा हुँदै मुस्ताङ पुग्ने सडकलाई हिमाली  पर्यटकीय सडकको नामकरण गरेर हिमाली क्षेत्रको यातायात विकास प्रणाली सुचारु गर्न महत्वपूर्ण एजेण्डा सारेको छ । 
यस्तै गरी कर्णाली  करिडोरको स्तरोन्नति, राष्ट्रिय प्रसारण लाइन तथा अप्टिकल फाइबर विस्तार मार्फत सडक, विद्युत र सञ्चार सेवा सुचारु गर्न बताइएको छ । 


हुम्ला जस्ता हिमाली जिल्लाको दिगो विकासका लागि हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना गर्ने पहल गरिनेछ ।
हुम्ला जिल्लामा लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्र आकर्षित गरिने नेकपा हुम्लाबाट प्रतिनीधी सभाका उम्मेदार डाक्टर दीपेन्द्र रोकायाले जानकारी दिनुभयो ।
 कृषि,जडीबुटी,पर्यटन,ऊर्जा लगायतका क्षेत्रमा सम्भाव्यता अध्ययन गरी आयोजना बैक तयार गर्न लक्ष्य रहेको डाक्टर रोकायाले बताउनुभयो ।
 जिल्लाको भूगोल र पर्यावरणलाई ध्यान दिदैँ सुरुङ मार्ग,केवलकार रोप वे, पोड वेको सम्भाव्यता अध्ययन गर्न लगाइने एजेण्डामा उल्लेख छ ।


 जिल्लालाई फलफुल बगैचाको जिल्लाको रुपमा विकास गराउन विशेष गुरुयोजना तयार गर्नुका साथै पालिका केन्द्रहरुमा शितगृह स्थापनाका लागि पहल गर्न र पालिका केन्द्रमा कृषि मार्ट स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्सहान गर्न एजेण्डा सार्वजनिक गर्नुभएको छ ।


जिल्लामा अर्गनिक उत्पादन बढाउन तथा मासु दुध र अण्डामा आत्मनिर्भर हुन पुशपालन चरन क्षेत्र विकास खर्क सुधार आयोजना अगाडी बढाउन प्रोत्साहित गर्न देखि हुम्ला भोट क्षेत्रको जडान सभ्यता बीचको खसान सभ्याता लोक जीवन विभिन्न स्थानीय कला संस्कृतिलाई हुम्ला चिनाउने ब्रान्डिङ गर्न पहल गरिने चुनावी एजेण्डा नेकपा हुम्लाले सार्वजनिक गरेको छ । 


प्रतिबद्धता–पत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि हुम्ली जनताले खोजेका नेता डा दिपेन्द्र रोकायालाई तारा चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै