नेभिगेशन
राजनीति

स्थलगत निरिक्षण पछि चीनले नेपाली भूमि मिचेको नेता शाहीको दावी

नेपाल र चीनको सिमा स्तम्भ विवादको स्थलगत अनुगमनका क्रममा भेटिएको प्रतिबेदन रिर्पोट तयार पारी पत्रकार भेडघाड कार्यक्रममा सर्वजनिक गरिएको छ । केही दिन अगाडी मात्रै नोपली कांग्रेसका केन्दिय सदस्य एबं कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवन वहादुर शाहीको नेतृत्वमा गएको टोलि सदरमुकाम सिमकोट आए लगतै सोमवार सिमा स्तम्भका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सिमा विवादको विषयमा चीनसंग भएको विवाद र सिमा स्तम्भको बारेमा केही विवाद भएपछि नेता शाहीको टोलिद्धारा अनुगमन गर्नु भएको थियो । सो टोलिले लोलुगङजोग र लिमि लाप्चाको सिमामा चीन सरकारले ६ महिना अघि नै १२ नम्वरको पिल्लर नयाँ निर्माण गरेको नेता शाहीले बताए ।

उहँका अनुसार, नेपाल सरकारले यस सम्वन्धमा कानमा तेल हालेर बसेको आरोप लगाउनु भएको छ । नाम्खा गउँपालिका वडा ६ को लिमि लाप्चामा अनुगमन गरि सदरमुकाम सिमकोट आए लगतै सोमबार पत्रकार सम्मेलनमा चीन सरकारले नेपाली भुभाग अधिक्रमण गरेको, सिमा स्तम्भहरुमा कोरिएका देवनागिरक लिपि फरक फरक भेटिएको, सिमा स्तम्भको आकार नयाँ निर्माण गरिएको र पुराना स्तम्भको टुक्राहरु सोही ठाउंमा भेटिएको विषयमा निश्कर्ष निकालेको अनुगमन टोलिले सोमवार सार्वजनिक गरेको छ ।

शाहीले नाम्खा गाउपालीका वडा ६ को लिमीे लाप्चामा चिनले भवन निमार्ण गरेको स्थान समेत नेपालको भएको दावी गर्नु भएको छ । चिनियाहरु नेपालको भुवागमा आउने र नेपालीहरु लाई आफनो सिमाको छेउछाउ तिर पनि जाना नदिने गरेको नेता शाहीले जनाए ।

पिलरको अनुगमन गर्ने क्रममा आफू हिल्सामा रहँदा चिनियाँ सेना तीन घण्टा चिनियाँ सीमा क्षेत्रमा आएर बसेको समेत शाहीले बताउनुभयो । अर्काको भूमि नचाहिने र आफ्नो भूमि एक भित्ता पनि कसैलाई छोड्न नहुने बताउने नेता शाहीले चिनियाँ पक्षसँग नेपाल सरकार लम्पस्सार परेको आरोप लगाए ।

आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीलाई पनि जानकारी गराउने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने तयारीमा नेता शाही रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक...
नेकपा एमालेको सातौ  पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

नेकपा एमालेको सातौ पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

सोमबार बिहान पाटी कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले पाटीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व...
भर्खरै