नेभिगेशन
राजनीति

स्थलगत निरिक्षण पछि चीनले नेपाली भूमि मिचेको नेता शाहीको दावी

नेपाल र चीनको सिमा स्तम्भ विवादको स्थलगत अनुगमनका क्रममा भेटिएको प्रतिबेदन रिर्पोट तयार पारी पत्रकार भेडघाड कार्यक्रममा सर्वजनिक गरिएको छ । केही दिन अगाडी मात्रै नोपली कांग्रेसका केन्दिय सदस्य एबं कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवन वहादुर शाहीको नेतृत्वमा गएको टोलि सदरमुकाम सिमकोट आए लगतै सोमवार सिमा स्तम्भका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सिमा विवादको विषयमा चीनसंग भएको विवाद र सिमा स्तम्भको बारेमा केही विवाद भएपछि नेता शाहीको टोलिद्धारा अनुगमन गर्नु भएको थियो । सो टोलिले लोलुगङजोग र लिमि लाप्चाको सिमामा चीन सरकारले ६ महिना अघि नै १२ नम्वरको पिल्लर नयाँ निर्माण गरेको नेता शाहीले बताए ।

उहँका अनुसार, नेपाल सरकारले यस सम्वन्धमा कानमा तेल हालेर बसेको आरोप लगाउनु भएको छ । नाम्खा गउँपालिका वडा ६ को लिमि लाप्चामा अनुगमन गरि सदरमुकाम सिमकोट आए लगतै सोमबार पत्रकार सम्मेलनमा चीन सरकारले नेपाली भुभाग अधिक्रमण गरेको, सिमा स्तम्भहरुमा कोरिएका देवनागिरक लिपि फरक फरक भेटिएको, सिमा स्तम्भको आकार नयाँ निर्माण गरिएको र पुराना स्तम्भको टुक्राहरु सोही ठाउंमा भेटिएको विषयमा निश्कर्ष निकालेको अनुगमन टोलिले सोमवार सार्वजनिक गरेको छ ।

शाहीले नाम्खा गाउपालीका वडा ६ को लिमीे लाप्चामा चिनले भवन निमार्ण गरेको स्थान समेत नेपालको भएको दावी गर्नु भएको छ । चिनियाहरु नेपालको भुवागमा आउने र नेपालीहरु लाई आफनो सिमाको छेउछाउ तिर पनि जाना नदिने गरेको नेता शाहीले जनाए ।

पिलरको अनुगमन गर्ने क्रममा आफू हिल्सामा रहँदा चिनियाँ सेना तीन घण्टा चिनियाँ सीमा क्षेत्रमा आएर बसेको समेत शाहीले बताउनुभयो । अर्काको भूमि नचाहिने र आफ्नो भूमि एक भित्ता पनि कसैलाई छोड्न नहुने बताउने नेता शाहीले चिनियाँ पक्षसँग नेपाल सरकार लम्पस्सार परेको आरोप लगाए ।

आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीलाई पनि जानकारी गराउने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने तयारीमा नेता शाही रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै