नेभिगेशन
वाल आवाज

वाल आवाज छैटौं अंक (6th Episode Ball Awaj 2083-02-12)

बढ्र्दो सूचना र प्रविधिको यूगले मोवाइल फोन र इन्टरनेट प्रयोग गर्न जाने सञ्जाल नत्र जञ्जालका रुपमा स्थापित हुदैं गएको देखिन्छ । खासमा हाम्रो जिल्लामा पछिल्लो समय वाल विवाहका घटना बढ्नुमा यसले पनि काम गरेको देखिन्छ ।

पछिल्लो समय स्वास्थ्य कार्यालय हुम्लाको एक तथ्यांकले १९ वर्ष मुनिगर्भवती हुने किशोरीहरुको संख्या गतवर्षको भन्दा यो आर्थिक वर्षका शुरुका १० महिनामै दोब्बरको अवस्था छ । यति मात्र होइन वाल हिंसाको प्रमुख कारकका रुपम रहेको वालश्रम पनि हुम्लामा डरलाग्दो तवरले अघि बढिरहेको छ । हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यो अवस्था थप भयवह रुपमा अघि बढिरहेको छ ।

बढ्दो वाल विवाह र वालश्रमलाई जिल्लाको निजि क्षेत्रले कसरी हेरिरहेको छ ? यसको न्यूनिकरण गर्न जिल्लाको निजि क्षेत्रको केहि भूमिका हुन सक्छ ? त्यो कसरी संभव होला ? सहज रुपमा र सस्तो रुपमा पाइने वालश्रमलाई हुम्लाको निजिक्षेत्रमा निमिट्यान्न पार्नका लागि निजि क्षेत्रको छाता संस्था हुम्ला उद्योग बाणीज्य संघको अबको योजना के हुनसक्छ ? भनेर चर्चा गरेको छौं । साथमा कार्यक्रमका नियमित स्थम्भ छदैछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्