नेभिगेशन
वाल आवाज

वाल आवाज सातौं अंक (7th Episode Ball Awaj 2083-02-19)

कार्यक्रम वाल अवाजको सातौ अंकमा हामीले हाम्रा वालवालिकालाई वाल विवाह र वालश्रम गर्न नदिन घर परियार र विद्यालयको भूमिका के रहन सक्छ ? भन्ने जिज्ञासाको खोजि गर्ने माध्यमका रुपमा प्रयोग गर्ने छौं ।  

समृद्ध हुम्ला निर्माण गर्ने नैं हो भने पहिलो शर्त वालवालिको अधिकारसहितको सुन्दर भविष्य सुनिश्चि गर्नु नैं हो । सामाजिक रुपमा पाप र कानूनी रुपमा अपराधका रुपमा रहेको वाल विवाह र वालश्रमको अन्त्य गर्न हाम्रा घरपरिवार, समाज र विद्यालयको भूमिका कस्तो हुनुहुनु पर्छ ? के कारण यो दिनानु दिन जिल्लामा बढिरहेको छ ? कतै यो बढ्नमा हाम्रा अविभावक र विद्यालयको मौन समर्थन त छैन् ? अब यसलाई थप बढ्न नदिन र न्यूनिकरण मार्फत अन्त्य गर्न के भूमिका हुन्छ ? भन्ने जवाफको खोजि गर्न कार्यक्रममा वाल विवाह गरेकी वालिकाकी आमा परेउकली रावत, वालश्रम गरिरहेकी वालिकाका वुवा पर्वत सुनार  र सिमकोटको वालमन्दीर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलास रोकायासँगको वाल संवाद, साताभर जिल्लामा भएका वाल गतिविधि र साथमा सिमकोटको मानसरोवर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत सम्झना रोकायाको ‘मेरो देश’ शिर्षकको कविता सहितको वाल प्रतिभा लगायतका सामाग्री समावेश गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्