नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाजको एघारौ अंक (11th Episode of Ball Awaj 2083-03-16)

साप्ताहिक रेडियो कार्यक्रम वाल अवाजको एघारौ अंकमा हामीले हाम्रा वालवालिकालाई वाल विवाह र वालश्रम गर्न नदिन हाम्रा जिल्लाका राजनीतिक दलहरुको भूमिका कस्तो छ रु के वास्तवमा राजनीतिक दलहरुले स्थानीय प्रहरी र प्रशासनलाई वाल विवाह र वाल श्रमका केशमा दवाव दिने नैं गरेका छन् त ? नीतिगत व्यवस्था र समाजको अवस्थाको बीच किन मेल खान नसकेको होला ? वाल विवाहका केशहरु बढेपनि किन त्यसलाई न्यूनिकरणमा हाम्रा निकायहरु लाग्दैनन होला ? देशको नीति निर्माण गर्न राजनीति दलहरुको अबको भूमिका के हुन सक्छ ? भन्ने जिज्ञासाको खोजि गर्ने माध्यमका रुपमा प्रयोग गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति वसन्त रोकाया, नेकपा (एमाले) जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष विकास महतसँग गरिएको वाल विवाह सम्बन्धि विशेष संवाद, गएको साता जिल्लाभर भएका वालवालिकासँग सम्बन्धित गतिविधिको संगालो वाल गतिविधि, वालवालिकाहरुका प्रतिभालाई प्रष्फुटित गर्ने कार्यक्रम वाल प्रतिभा लगायतका सामाग्रीहरु समावेश गरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै