नेभिगेशन
राजनीति

प्रचण्ड माधव समुहले संविधान सहित विरोधपत्र जिल्ला प्रशासनमा बुझाए

पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा हुम्ला सहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार यो समूहले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र र संविधानको पुस्तक बुझाएका हुन् । विरोधपत्रमा प्रधानमन्त्रीले राष्ट्रका नाममा क्षमायाचना सहित गलत कदम सच्चाउन अनुरोध गरेका छन् ।

पुस २४ गते प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरूद्व गैरसंवैधानिक रूपमा पुस ५ गते संसद् विघटन गरिएको भन्दै उक्त कदम फिर्ता गर्न प्रचण्ड नेकपा समूहले प्रमुख जिल्ला अधिकारी मार्फत संविधानको प्रति पठाइएको हो ।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भणडारीको विरूद्व नारासिहत प्रमुख जिल्ला अधिकारी गिरिलाई बुझाएको नेकपा हुम्लाका कार्यबाहक अध्यक्ष तिर्थराज रोकायाले जानकारी दिनुभयो । माघ २ गते हुम्लाका सातै गाँउपालिका विरोध सभाको कार्यक्रम तालिका रहेको रोकायाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपाले त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै