नेभिगेशन
राजनीति

प्रचण्ड नेपाल समुहको सातवटै पालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी नेपकाका प्रचण्ड नेपाल समुहले जिल्ला सदरमुकाम सिमकोट सहित सातवटै गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संसारका मजदुर एक हौँ, भन्ने नाराका साथ असंबैधानिक संसद विघटन विरुद्ध अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तल्लो बजारमा रहेको जिल्ला समन्वय समितीको सभाहलमा सम्पन्न भएको हो ।

नेकपा प्रचण्ड नेपाल समुहका सिमकोट गाउँपालिका संयोजक ताक्ला जिम्मेत लामाको अध्यक्षतामा र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारीको प्रमुख आथित्यमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आजै भएको कार्यक्रममा छिरिङ डन्डोल लामा (कार्चेन) छिमि लामा (आसाकार) लगायतका नेता तथा कार्यकर्ताको उस्थित रहेको थियो ।

आज भएको कार्यक्रममा बोल्दै नेकपा कर्णाली प्रदेशका प्रदेश कमिटी सदस्य लोक बहादुर हमालले प्रधानमन्त्री केपी शर्मा ओली एकतन्त्रीय शासनको हैकम जमाएको र पार्टीको विभि र विधानअनुरुप काम नगरेपछि आफुहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध एकताबद्ध भएर अघि बढेको बताउनुभयो ।

यस्तै नेकपाका प्रदेश समन्वय समितीका सचिव तिर्थराज रोकायले कसैको इच्छा र चाहनाले नभएर पुर्व माओवादी र पुर्व एमालेका नेताहरु मिलेर दुई पार्टी भएर संसारको इतिहाइकै विशाल पार्टी भएपनि तीन वर्ष पुग्न नपाउँदै फुट्नु दुभाग्र्य भएको बताउनुभयो ।

जनतालाई पाँच वर्ष होइन पचास वर्ष सम्म कम्युनिष्ट सकार कायम रहने आश्वासन दिएपनि प्रधानमन्त्री ओलीले मलामी बनाएको बताउनुभयो । पार्टी र जनमर्म विपरीत प्रधानमन्त्री ओली पुस ५ गते संसद विघटन गरेको बताउनुभयो ।

प्रचण्ड नेपाल समुहले जिल्लाको सदरमुका सिमकोट सहित अन्य गाउँपालिकामा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते गरेको संसद विघटन असंबैधानिक भएको भन्दै विरोध हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै