नेभिगेशन
राजनीति

हुम्लामा तीन वर्षपछि कार्यकर्ताले राखे एमालेको बोर्ड

हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । जिल्लामा उपलब्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितमा मङ्गलबार एक कार्यक्रमका विच पार्टी कार्यालयको पुनस्थापनासँगै बोर्ड राखिएको छ ।

सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्य नर बहादुर रोकायाको सभापत्तिवमा र नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य डबल रावतको प्रमुख आथित्तमा पार्टी कार्यालयको पुनस्थापना गरीएको हो ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाले जिल्ला कमिटी हुम्लाको कार्यालय पुनस्थपना गरीएको सचिवालय सदस्य बुध भण्डारीले जानकारी दिनुभयो ।

आजै भएको पार्टी पुनस्थपना कार्यक्रममा एमालेका पुर्व तथा अहिलेका जिल्ला कमिटी सदस्य सहित कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । आजै भएको नेकपा एमालेको कार्यक्रममा छक्क रोकाया, गोकुल बुढा, जानकला भण्डारी, याङजु रोकाया, प्रकास सुनार लगायतका नेताहरुको उपस्थित रहेको भण्डारीले बताउनुभयो ।

सर्वोच्चको आइतबारको फैसलापछि पूर्व एमालेमा रहेका जिल्लाका नेता तथा कार्यकर्तालाई पुनः एमालेकै पार्टीमा फिर्ता भएर सँगै सहकार्य गरेर अगाडी बड्न कार्यक्रमका सभापति रहेका नर बहादुर रोकायाले आग्रह गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।