नेभिगेशन
राजनीति

हुम्लामा तीन वर्षपछि कार्यकर्ताले राखे एमालेको बोर्ड

हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । जिल्लामा उपलब्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितमा मङ्गलबार एक कार्यक्रमका विच पार्टी कार्यालयको पुनस्थापनासँगै बोर्ड राखिएको छ ।

सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्य नर बहादुर रोकायाको सभापत्तिवमा र नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य डबल रावतको प्रमुख आथित्तमा पार्टी कार्यालयको पुनस्थापना गरीएको हो ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमाले जिल्ला कमिटी हुम्लाको कार्यालय पुनस्थपना गरीएको सचिवालय सदस्य बुध भण्डारीले जानकारी दिनुभयो ।

आजै भएको पार्टी पुनस्थपना कार्यक्रममा एमालेका पुर्व तथा अहिलेका जिल्ला कमिटी सदस्य सहित कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । आजै भएको नेकपा एमालेको कार्यक्रममा छक्क रोकाया, गोकुल बुढा, जानकला भण्डारी, याङजु रोकाया, प्रकास सुनार लगायतका नेताहरुको उपस्थित रहेको भण्डारीले बताउनुभयो ।

सर्वोच्चको आइतबारको फैसलापछि पूर्व एमालेमा रहेका जिल्लाका नेता तथा कार्यकर्तालाई पुनः एमालेकै पार्टीमा फिर्ता भएर सँगै सहकार्य गरेर अगाडी बड्न कार्यक्रमका सभापति रहेका नर बहादुर रोकायाले आग्रह गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै