नेभिगेशन
राजनीति

माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन

सर्वोच्च अदालतको फैसलापछि फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर गरेपछि पुर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी हुम्लाको कार्यालय पुनस्थपना तथा उद्घाटन गरीएको छ ।

हुम्लाको जिल्ला सदरमुकाम सिमकोटमा तीन वर्षपछि माओवादी केन्द्र लेखिएको लेखिएको बोर्ड राखिएको छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसिको अध्यक्षतामा, प्रदेश कमिटी सदस्य जुम्कीत लामाको प्रमुख आथित्यमा आज तल्लो बजारमा रहेको बक्त बुढा प्रतिष्ठानको भवनमा पार्टी कार्यालयको उद्घाटन गरीएको दावा लामाले जानकारी दिनुभयो । आजै भएको पार्टी कार्यालय उद्घाटन तथा पुनस्थपना कार्यक्रममा जिल्ला कमिटीका सदस्य दान बहादुर रावत, बली रावत लगायतका अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

हामी थोरै छौ भनेर सोच्न हुन्न, विचार र राजनितीक कार्यदिशा सहि छ भने प्राप्त नभएका चिजहरुपनि प्राप्त हुने माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैसिले बताउनुभयो । कम्युष्टिहरु कुर्चिको लागी नभएर परिवर्तनका बलिदान गर्ने जिल्ला अध्यक्ष जैसिले बताउनुभयो ।  कुर्चि अवसरवादी,दक्षिणपन्थिहरुको रहेको बताउनुभयो । अवको यात्रा हुम्लाको हकमा सम्पुर्ण पूर्व माओवादी एकजुट गर्न आफु लागी पर्ने अध्यक्ष जैसिले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै