नेभिगेशन
राजनीति

एमाले हुम्लाबाट नेकपाको सचिवमा बोहराको एकल नाम

भाद्र १३, सिमकोट । पुर्व नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतासँगै बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाको हुम्ला सचिवमा एमालेले राष्ट्रिय यूवा परिषद हुम्लाका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य कमल बोहराको एकल नाम प्रस्ताव गरेको छ ।

केही समय अघि नेकपाको स्थायी कमिटीले पूर्व एमाले र माओवादीकले नेतृत्व गर्ने जिल्ला विभाजन गर्दा जिल्ला अध्यक्ष पुर्व माओवादी केन्द्रको भागमा परेपछि सचिवको सिट हात पारेको एमालेले निर्वतमान जिल्ला कमिटीका दर्जनौ नेता तथा कार्यकर्तालाई पञ्छाउदै बोहराको नाम एकल ?पमा पार्टीको प्रदेश कार्यदलमा पेश गरेको छ ।
पार्टी एकिकरणको अभियान प्रदेश हुँदै जिल्लासम्म प्रस्ताव गर्न दिएको भाद्र ५ को समयसिमामा केही समय थप गरेको एमाले जिल्ला कमिटि समायोजन कार्यदलले बुधबार साँझ पेश गरेको सिफारिसमा अन्य आकांक्षीलाई पाखा लगाउँदै जिल्ला कमिटी सदस्य बोहरालाई सचिवमा सिफारिस गरेको एमालेको तर्फबाट गठित पार्टीको प्रदेश समायोजन कार्यदलले जानकारी दिएको छ ।
हुम्ला जिल्लाको पार्टीको तर्फबाट गठित कार्यदलले लिखित सिफारिस दिएको स्विकार गरेका कार्यदलका एकजना जिम्मेवार नेताले रेडियो कर्णाली आवाजलाई भने “हुम्लाको पार्टीले प्रस्ताव गरेको कमिटि बोहराको नेतृत्वमा छ ।” अधिकांश नयाँ अनुहार जिल्ला कमिटिमा परेको बताएका ति नेताका अनुशार एमालेका हुम्ला जिल्ला इन्चार्ज गोरखबहादर बोगटी र तत्कालिन पार्टी अध्यक्ष समेत रहेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सम्मीलित कार्यदलले उक्त सिफारिस गरेको हो ।

शु?मा जिल्लाको नेतृत्वको दावी गरेको एमालेले नेकपाको स्थायी कमिटिले सचिव पद पाउने निर्णय गरेपछि उक्त निर्णय सहित सिफारिरस गरेको हो । पार्टीले पाउने सचिवका लागि एमाले निवर्तमान उपाध्यक्ष ज्ञामी बुमी, सचिव तिर्थराज रोकाया, उपसचिव पूर्णप्रसाद ढकाल, पुर्वपार्टी सचिव एवम् युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष हस्तबहादुर शाही, जिल्ला कमिटि सदस्य एवम् सर्केघार्ड गाउँपालिका वर्डा नम्बर १ का वडा अध्यक्ष गोकुल बुढा लगायतको दावी भएपनि अन्तमा हुम्लाको कार्यदलले बोहराको नेतृत्वमा आफूले पाउने सचिव सहितका सदस्यह?को नाम पेश गरेको छ ।

पार्टी भित्र तिब्र असन्तुष्टि


आफूले पाउने सचिव पदमा जिल्लाका अन्य नेतासँग कुनै परामर्श नगरेर कार्यदलले एकलौटी ?पमा सिफारिस गरेको भन्दै हुम्लाका एमाले नेताह?ले कार्यदल प्रति असन्तुष्ट व्यक्त गरेका छन् । हामीलाई कुनैपनि सिफारिस गरेको छैन् भन्दै कार्यदलबाट झुक्याउने काम भयो पुर्व एमाले सचिव समेत रहेका प्रचार विभाग पमूख तिर्थराज रोकायाले भने “हामीलाई को व्यक्तीलाई कुन पदमा सिफासिर भयो भन्दा पनि कार्यदलले आप्mनो विधी र पद्धती अनुशार काम नगरेकोमा चित्त दुखेको छ ।”
ठूला दुई पार्टीलाई गाउँ टोलसम्म एक बनाएर लैजानु पर्ने अवस्थमा जिल्ला कमिटीका जिम्मेवार पदाधिकारीलाई समेत थाहा नदिएर गुपछुप गर्ने कार्यले हुम्लाको पार्टीलाई राम्रो नगर्ने बताएका एमाले उपाध्यक्ष ज्ञामी बुमीले आफुले कसरी कस्को सिफारिस भएको बारेमा कुनै जानकारी नपाएको प्रतिक्रिया दिए । पटक पटक जिल्ला इन्चार्ज गोरख बहादुर बोगटी र पार्टी अध्यक्ष दल रावललाई खबर गरेको बताएका बुमीले यसका बारेमा अहिले नै कुनै प्रतिक्रिया दिन नसक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको...
नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको...
निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

जिल्ला निर्वाचन कार्यालय हुम्लाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न आग्रह गरेको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागार अस्थायी मतदान स्थलमा जम्मा ४२ जनाले मतदान गरेको मतदान अधिकृत श्याम सापकोटाले जानकारी दिनुभएको छ ।
भर्खरै