नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकाले ल्यायो ३७ करोड बजेट

सिमकोट । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको पन्ध्राँै गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट ल्याएका हुन् ।

आर्थिक वर्ष ०८१/०८२ का लागि ३७ करोड ९२ लाख ७६ हजारको बजेट आएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रालवले बताए ।

आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ २५ करोड २३ लाख ४० हजार र पुँजीगतमा १२ करोड ६९ लाख ३६ हजार बजेट बिनियोजित गरिएको छ। यसको श्रोतमा संघ, प्रदेश र केही अंश आन्तरिक स्रोतलाई मानिएकोे छ।

जसमा संघीय सरकारबाट १८ करोड ८० लाख ३६ हजार बजेट ससर्त अनुदान आएको छ भने संघीय सरकारबाट सम्मानीकरण अनुदान सात करोड १२ लाख बजेट आएको छ।

त्यसैगरी राजस्व वाँडफाँडबाट सात करोड १६ लाख आएको छ। यता, कर्णली प्रदेश सरकारबाट सर्सत अनुदान तीन करोड १५ लाख ३५ हजार आएको छ भने सम्मानीकरण अनुदान ६४ लाख पाँच हजार अनुदान आएको छ ।

त्यसैगरी, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ८२ लाख बजेट आएको छ भने आन्तरिक राजस्वबाट बीस लाख ब्यहोरिने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

यसअघि अध्यक्ष रावलले नीति सभामा प्रस्तुत गरेका थिए । सभाबाट सर्वसम्मत नीति, बजेट तथा कार्यक्रम पारित गरिएको छ। बजेतमा क्षेत्रगत लगानी पनि गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व