नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकाले ल्यायो ३७ करोड बजेट

सिमकोट । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको पन्ध्राँै गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट ल्याएका हुन् ।

आर्थिक वर्ष ०८१/०८२ का लागि ३७ करोड ९२ लाख ७६ हजारको बजेट आएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रालवले बताए ।

आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ २५ करोड २३ लाख ४० हजार र पुँजीगतमा १२ करोड ६९ लाख ३६ हजार बजेट बिनियोजित गरिएको छ। यसको श्रोतमा संघ, प्रदेश र केही अंश आन्तरिक स्रोतलाई मानिएकोे छ।

जसमा संघीय सरकारबाट १८ करोड ८० लाख ३६ हजार बजेट ससर्त अनुदान आएको छ भने संघीय सरकारबाट सम्मानीकरण अनुदान सात करोड १२ लाख बजेट आएको छ।

त्यसैगरी राजस्व वाँडफाँडबाट सात करोड १६ लाख आएको छ। यता, कर्णली प्रदेश सरकारबाट सर्सत अनुदान तीन करोड १५ लाख ३५ हजार आएको छ भने सम्मानीकरण अनुदान ६४ लाख पाँच हजार अनुदान आएको छ ।

त्यसैगरी, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ८२ लाख बजेट आएको छ भने आन्तरिक राजस्वबाट बीस लाख ब्यहोरिने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

यसअघि अध्यक्ष रावलले नीति सभामा प्रस्तुत गरेका थिए । सभाबाट सर्वसम्मत नीति, बजेट तथा कार्यक्रम पारित गरिएको छ। बजेतमा क्षेत्रगत लगानी पनि गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...