नेभिगेशन
खार्पुनाथ
ताजा तरकारी

ताजा तरकारी सिमकोट पुग्न थाल्यो

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा आसपासका गाउँबाट ताजा तरकारी दैनिक पुग्न थालेको छ । गाउँघरमा उत्पादित तरकारी सदरमुकाम पुग्न थालेको हो । खार्पुनाथ गाउँपालिका–४ छिप्रा, माजा, नल्ना गाउँका किसानले आफ्नो खेतवारीमा उत्पादन गरेको काउली, बन्दा, फर्सि, टमाटर, गोलभेडा, आलु, प्याज सदरमुकाममा ल्याएर विक्री गर्दा राम्रो बजार पाउने गरेको छ । 

    ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनुका साथै खपत पनि राम्रो हुने गरेको खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँका किसान बाँचु उपाध्ययले बताउनुभयो । किसान उपाध्ययले भन्नुभयो, यो वर्ष समयमै पानी नपर्दा सरदुमकाम सिमकोटमा गाउँबाट तरकारी ढिला ल्यायौं । गत वर्ष यसअघि नै पुग्ने गरेपनि पानी समयमै नपर्दा ढिला उत्पादन भएका कारण ढिला विक्रीका लागि पुर्याउन परेको हो । 

   सबैभन्दा बढी छिप्रा गाउँका किसानले दैनिक दिन सिमकोटमा तरकारी विक्रीका लागि ल्याउने गरेका छन् । अधिकांस किसानले पिठ्युमा बोकेर ल्याउछन भने अधिकांस किसानले गाडीमार्फत गाउँको ताजा तरकारी सदरमुकाम सिमकोटमा ल्याउने गरेका छन् । अहिले सदरमुकाम सिमकोटमा रु असी देखि एक सय पचाससम्म प्रतिकेजी तरकारी अनुसारको मूल्यमा विक्री हुने गरेको किसान उपाध्ययले बताउनुभयो । 
   खार्पुनाथ गाउँपालिका–४ स्थित नल्ला र छिप्रा गाउँमा उत्पादित काउली बन्दा,आलु, प्याज, गोलभेडाले छिमेकी गाउँपालिका सहित सदरमुकाम सिमकोटमा राम्रो पनि बजार पाएको उहाँले बताउनुभयो । छिप्रा गाउँमा अहिले प्राय जसो बसैका घरमा ग्रिनहाउस (प्लाष्टिक) घर निर्माण गरेर तरकारी उत्पादन गरिरहेका छन् । पछिल्ला केही वर्षयता जिल्लामा राम्रोसँग पानी नपर्दा जलवायुको असर सँगै यहाँका किसानले खेतीपाती नै परिवर्तन गर्न थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकाले उनिहरु यो पेशामा आकर्षित हुन थाले काछन् । 

   अधिकांस किसानका घरघरमै टनेल हुनुका साथै केही दिनयता लगातार पानी परेका कारण तरकारी खेती सुरु गरि उत्पादन भएको तरकारी सिमकोट पुग्न थालेको हो । यसको उत्पादन बढेर छिमेकी गाउँपालिकामा पनि बिक्री गरी आम्दानी बढाउन यहाँका किसान सफल भएका हुन् । बिहानै सदरमुकाम सिमकोटमा काउली बन्दा, खुर्सानी र गोलभेडा बिक्री गर्न छिप्रा, नल्ला लगायतका गाउँबाट दैनिक दिन सिमकोट पुग्ने गरेका छन् । भने सिमकोटमा राम्रो बजार पनि पाउने गरेको छ । गाउँमै उत्पादीत ताजा तरकारी सिमकोट पुगेर सुपथ मुल्यमा पाउने भएकाले अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भइ आउने तरकारीको भर पर्नुपर्ने बाध्यता टरेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै