नेभिगेशन
खार्पुनाथ

पहिरोले खार्पु मुसेडी सडक पुनः अवरुद्ध

सिमकोट । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पु सडक खण्ड पुन अवरुद्ध भएको छ । हुम्लामा विहिबार विहानदेखि निरन्तर वर्षा हुँदा माथिबाट पहिरो आएर रातीदेखि खार्पुको मुसेडी सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

   अविरल वर्षाले कर्णाली कोरिडोरको उक्त सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । खार्पुनाथ गाउँपालिका– १ मा पर्ने मुसेडी सडकमा माथिबाट हिरो खस्दा आवातजावतमा कठिनाइ भएको उहाँले बताउनुभयो । शुक्रबार पनि जिललामा निरन्तर वर्षा भइरहेकोले अवरुद्ध सडक तत्काल खुलाउन नसकिने अवस्था रहेको चन्दले बताउनुभयो । 

   सडक अवरुद्ध हुँदा सिमकोट हुँदै दक्षिण भेग ताँजकोट, सर्केगाड, अदानचुली, चंखेली जाने नागरीकलाई थप समस्या बनाएका छ । भने काम विशेषले सदरमुकाम पुग्ने नागरीकलाई पनि आवतजावतमा समस्या बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । कोरिडोर अवरुद्ध हुँदा मालबाहक सवारी साधन सञ्चालनमा ठप्प रहेका छन् । 

   निरन्तर वर्षा भइरहेपनि शुक्रबार विहानसम्म जिल्लामा कुनै घट्ना नघटेको बताइएको छ । अहिलेसम्म सबै क्षेत्रमा राम्रो रहेको उहाँले बताउनुभयो ।

   यस्तै जिल्ला बाहिर छोटो दुरीको एक मात्रै हवाई सेवा खराब मौसमसँगै निरन्तरको वर्षाले अवरुद्ध भएको छ । नेपालगञ्जदेखि पहिलो आफ्नो उडान भर्दै आएका निजी एयर सीता, तारा र समिट एयरले अविरल वर्षा हुँदा आफ्नो नियमीत उडान भर्नन नसकेको बताइएको छ । हवाई सेवा अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु सहित निर्माण सामग्री र खाद्यन्न ढुवानी हुन नसकेको बताइएको छ ।

  जिल्लामा निरन्तर वर्षा भइरहेकाले कर्णाली नदी छेउछाउका वस्तिलाई जोगिए बस्न र आवतजावतमा पनि सचेत हुन प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै