नेभिगेशन
राजनीति

सरकारको स्वेच्छाचारिता बढ्योः, नेकपा हुम्ला

असार ७, सिमकोट । नेपाल कम्यूनिष्ट पार्टी हुम्लाले आप्mना तर्फबाट गएका तिन तहका सरकारमा स्वेच्छाचारी बढ्दै गएको बताएको छ ।

पार्टी एकता भएको १४ महिना पश्चात दुई तिहाई सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाको पहिलो बैठकमा पार्टीले सरकारका गतिविधी पार्टीको नीति र विधी अनुशार अघि नबढेको भन्दै आलोचना गरेको छ ।

पार्टी र सरकार बिचको दुरी बढ्दै गयो बैठकमा राजनीतिक तथा साँगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले भने, “आज पार्टीका संगठन निर्माण ढिलाई हुँदा सरकार र पार्टीका संस्थागत सम्बन्ध लथालिंग भएका छन् । सरकारका प्रतिनिधि स्वेच्छाचारी बन्दै गएका छन् ।” सरकार पार्टी र जनता बिचि अन्तर घुलित हुनु पर्नेमा अन्तर बिरोधी बन्दै गएको बताएका अध्यक्ष जैशीले हजारौ कार्यकर्ता र लाखौ जनताको मुहारका खुशी ल्याउन तिनै तहका सरकारका नीति तथा कार्यक्रम लक्षित हुनु पर्नेमा जोड दिए ।


संगठन बिस्तार पहिलो प्राथमिकता

गाउँमा साँगठनिक रिक्तताले पार्टीप्रति मतदाताको आशा निराशामा परिणत हुँदै गएको बताएको नेकपा हुम्लाले आप्mनो पहिलो कार्यभार अव संगठन बिस्तार रहेको निचोड निकालेको छ ।

सिमकोटमा जारी पहिलो जिल्ला कमिटि बैठकमा बोल्दै नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले केन्द्रमा भएको एकतामा भएको ढिलाईले गाउँमा पार्टीका गतिविधि र जनवर्गिय संगठन निर्माण नहुँदा स्थानीयमा बढेको निराशलाई बढ्न नदिन अब संगठन बिस्तारलाई पहिलो प्राथमिकता प्रदान गर्ने जनाएको छ ।

गएको जेठ १९ र २० गतेको कर्णाली प्रदेशको दोस्रो बैठकबाट विभिन्न तवरले जिल्ला कमिटिमा छनोट भएका १ सय ३५ जना सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको पहिलो बैठक जिल्ला समन्वय समितिको सभाकक्षमा शुरु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै