नेभिगेशन
राजनीति

सरकारको स्वेच्छाचारिता बढ्योः, नेकपा हुम्ला

असार ७, सिमकोट । नेपाल कम्यूनिष्ट पार्टी हुम्लाले आप्mना तर्फबाट गएका तिन तहका सरकारमा स्वेच्छाचारी बढ्दै गएको बताएको छ ।

पार्टी एकता भएको १४ महिना पश्चात दुई तिहाई सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाको पहिलो बैठकमा पार्टीले सरकारका गतिविधी पार्टीको नीति र विधी अनुशार अघि नबढेको भन्दै आलोचना गरेको छ ।

पार्टी र सरकार बिचको दुरी बढ्दै गयो बैठकमा राजनीतिक तथा साँगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले भने, “आज पार्टीका संगठन निर्माण ढिलाई हुँदा सरकार र पार्टीका संस्थागत सम्बन्ध लथालिंग भएका छन् । सरकारका प्रतिनिधि स्वेच्छाचारी बन्दै गएका छन् ।” सरकार पार्टी र जनता बिचि अन्तर घुलित हुनु पर्नेमा अन्तर बिरोधी बन्दै गएको बताएका अध्यक्ष जैशीले हजारौ कार्यकर्ता र लाखौ जनताको मुहारका खुशी ल्याउन तिनै तहका सरकारका नीति तथा कार्यक्रम लक्षित हुनु पर्नेमा जोड दिए ।


संगठन बिस्तार पहिलो प्राथमिकता

गाउँमा साँगठनिक रिक्तताले पार्टीप्रति मतदाताको आशा निराशामा परिणत हुँदै गएको बताएको नेकपा हुम्लाले आप्mनो पहिलो कार्यभार अव संगठन बिस्तार रहेको निचोड निकालेको छ ।

सिमकोटमा जारी पहिलो जिल्ला कमिटि बैठकमा बोल्दै नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले केन्द्रमा भएको एकतामा भएको ढिलाईले गाउँमा पार्टीका गतिविधि र जनवर्गिय संगठन निर्माण नहुँदा स्थानीयमा बढेको निराशलाई बढ्न नदिन अब संगठन बिस्तारलाई पहिलो प्राथमिकता प्रदान गर्ने जनाएको छ ।

गएको जेठ १९ र २० गतेको कर्णाली प्रदेशको दोस्रो बैठकबाट विभिन्न तवरले जिल्ला कमिटिमा छनोट भएका १ सय ३५ जना सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको पहिलो बैठक जिल्ला समन्वय समितिको सभाकक्षमा शुरु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक...