नेभिगेशन
राजनीति

लुम्बिनीका एमाले सांसद पार्टीबाट निलम्बित

रुपन्देही । नेकपा (एमाले) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी पार्टीबाट निलम्बित भएका छन् । 

बहालवाला सांसद निलम्बित भएपछि एमाले बाँकेको विवाद सतहमा आएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा बाँके जिल्ला कमिटीले पार्टीका पूर्व प्रदेश उपसचिव तथा अहिलेका सल्लाहकार रहेका लुम्बिनी प्रदेश सभा सदस्य चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेपछि एमाले बाँकेको विवाद सतहमा आएको छ ।

सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइसकेको छ । यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताएपनि चौधरीले सानो विषयलाई अनावश्यक बाहिर ल्याइएको बताए ।

‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्याउने मनशायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को ९३० र ९४० बमोजिम स्पष्टीकरण सोध्ने काम भयो। स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ ९७० को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु’, गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

UML-patra-1732626233.png
एमाले लुम्बिनीका सचिव लक्ष्मण आचार्यले जिल्ला कमिटीले निलम्बन गरेको जानकारी फोनमा जिल्लाले दिएको तर यसको विषयमा सबै विषय बुझ्नुपर्ने बताए । ‘जिल्लाले निलम्बन गरेको विषय प्रदेशले अनुमोदन गर्नुपर्ने हुन्छ, त्यो बैठकपछि मात्रै अगाडि बढ्ला’, उनले भने ।

चौधरी नेकपाकालमा माओवादीबाट आएपछि एमालेमै बसेका नेता हुन् । एमाले बाँकेका नेता डिल्ली बिसीले सामाजिक सन्जालमा लेखेको विषयलाई पार्टीले बसेर छिटो समाधान गर्नुपर्ने बताउँदै यसो नगरे पार्टीलाई थप क्षति हुने बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै