नेभिगेशन
राजनीति

लुम्बिनीका एमाले सांसद पार्टीबाट निलम्बित

रुपन्देही । नेकपा (एमाले) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी पार्टीबाट निलम्बित भएका छन् । 

बहालवाला सांसद निलम्बित भएपछि एमाले बाँकेको विवाद सतहमा आएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा बाँके जिल्ला कमिटीले पार्टीका पूर्व प्रदेश उपसचिव तथा अहिलेका सल्लाहकार रहेका लुम्बिनी प्रदेश सभा सदस्य चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेपछि एमाले बाँकेको विवाद सतहमा आएको छ ।

सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइसकेको छ । यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताएपनि चौधरीले सानो विषयलाई अनावश्यक बाहिर ल्याइएको बताए ।

‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्याउने मनशायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानी हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को ९३० र ९४० बमोजिम स्पष्टीकरण सोध्ने काम भयो। स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ ९७० को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु’, गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

UML-patra-1732626233.png
एमाले लुम्बिनीका सचिव लक्ष्मण आचार्यले जिल्ला कमिटीले निलम्बन गरेको जानकारी फोनमा जिल्लाले दिएको तर यसको विषयमा सबै विषय बुझ्नुपर्ने बताए । ‘जिल्लाले निलम्बन गरेको विषय प्रदेशले अनुमोदन गर्नुपर्ने हुन्छ, त्यो बैठकपछि मात्रै अगाडि बढ्ला’, उनले भने ।

चौधरी नेकपाकालमा माओवादीबाट आएपछि एमालेमै बसेका नेता हुन् । एमाले बाँकेका नेता डिल्ली बिसीले सामाजिक सन्जालमा लेखेको विषयलाई पार्टीले बसेर छिटो समाधान गर्नुपर्ने बताउँदै यसो नगरे पार्टीलाई थप क्षति हुने बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा उम्मेदवार उपर उजुरी कसैको परेन

हुम्लामा उम्मेदवार उपर उजुरी कसैको परेन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार आज उजुरी दिन सकिने व्यवस्था गरेका थियो । तर हुम्लामा कसैको पनि दाबी बिरोध उजुरी नपरेको जिल्ला...
नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न  चुनावी प्रचार प्रसारमा लाग्न अपिल

नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न चुनावी प्रचार प्रसारमा लाग्न अपिल

निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख...
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
भर्खरै