नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकामा सात सय बढी बालवालिकालाई लगाईयो दादुरा रुवेला खोप

७ सय ६७ जना बालबालीकालाई दादुरा रुवेला खोप
जिल्लाका सातवटै गाउँपालिकामा यतिबेला दादुरा रुवेला विरुद्धको खोप संचालन भइरहेको छ । जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँपालिकामा दादुरा रुवेला विरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ ।

जेठ २५ गते बाट सुरु गरीएको दादुरा तथा रुवेला खोप ४ दिन लगाएर सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिका भित्रका १६ खोप केन्द्रबाट ७ सय ६७ जना बालबालीकालाई उक्त खोप लगाइएको पालिका स्वास्थय संयोजक बलिराज शाहीले बताए ।

खार्पुनाथ गाउँपालिकाको पाँच वटा वडा मध्ये वडा नं.१ का १ सय ९० जना, वडा नं. २ र ३ का २ सय ६३, वडा नं ४ का १ सय २० र वडा नं ५ का १ सय ९४ जना गरी ७ सय ६७ जना बालबालीका लाई दादुरा रुवेला खोप लगाएको संयोजक शाहीले बताए ।

९ महिना देखि ५ वर्ष मुनीका बालबालिकालाई सो खोप लगाइएको हो । यस अघि चैत महिनामा लगाइने भनियको यो खोप विश्वभर महाकारीका रुपमा फैलिएको कोरोना भाइरसले देश नै बन्दा वन्दीमा परेपछि २ महिना पछि जेठ महिनाको २५ गते देखि २८ गते सम्म सन्चालन भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै