नेभिगेशन
राजनीति

२१ वडामा एमाले हुम्लाको वडा केन्द्रित जरा अभियान सम्पन्न

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ जिल्लाका २१ वटा वडामा सम्पन्न गरेको छ । सातवटा स्थानीय तहमा रहेका ४४ वडामा अब २३ वडामा यो अभियान बाँकी रहेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । ‘जरा अभियान’ मा ताँजकोटका दुई, अदानचुलीका सबै वडामा, चंखेलीका दुई, सर्केगाडका ६, खार्पुनाथका दुई र सिमकोटका ३ वटा वडा गरी २१ वडामा सम्पन्न भएको पार्टी सचिव बोहराले बताउनुभयो । यस्तै नाम्खा गाउँपालिकाका सबै वडा बाँकी रहेको बताइएको छ । तीन महिने ‘जरा अभियान’ बाँकी रहेका वडामा समेत हुने भएको बताइएको छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा एमाले हुम्ला वडाकेन्द्रित अभियानमा जुटेको उहाँले बताउनुभयो । 

केन्द्रिय कमिटिको निर्णय अनुसार नेकपा एमाले हुम्लाले संगठनका कमजोरी, जनताको चासो र गुनासो संकलन गरी सम्बोधनको प्रयास गर्ने उद्देश्यसहित अभियानमा लागि परेको हो ।

‘जरा अभियान वडा केन्द्रीत कार्यक्रम हो । जनतासम्म पुग्ने भेटघा गर्ने, समस्या के हो ? आवश्यकता के के छन् ? संकलन गर्ने र कार्यान्वयनमा पहल गर्नुका साथै पार्टी सरकारमा हुँदाको समयमा भएका कामहरुको प्रचार गर्दै एमालेमाथी हाल भइरहेको साइबर आक्रमणलाई साइबरबाटै प्रतिकार गर्न पनि अभियानले सहयोग पुग्ने जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले बताउनुभयो । एमालेको नेतृत्वमा भएका राम्रा कामहरू जनतासम्म पु¥याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्न यो अभियान संचालन गरिएको उहाँले बताउनुभयो । वडा केन्द्रित अभियान अन्तर्गत तीन महिनासम्म संचालन हुने जरा अभियानमा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु प्रत्यक्ष रुपमा खटिरहेको बताइएको छ । 

संगठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो अभियानको क्रममा संकलन गरिने र सम्बोधनको प्रयास हुने बताइएको छ । तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालन गरिने बताइएको छ । अभियानका क्रममा हुने महत्वपूर्ण काम भनेको जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु हो । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै