नेभिगेशन
राजनीति

वाइसिएल हुम्लाको तेस्रो सम्मेलनबाट भण्डारीको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटी गठन 

सिमकोट । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को तेस्रो सम्मेलन हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको छ । वाइसिएलको तेस्रो सम्मेलनबाट जिल्ला अध्यक्षमा काली बहादुर भण्डारी सर्वसम्मत निर्वाचीत भएका छन् ।

भण्डारीको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको जानकारी प्राप्त भएको छ ।  कमिटीको अध्यक्षमा भण्डारी, उपाध्यक्षमा औला हमाल, कासी रोकाया, सचिवमा दत्त तामाङ, सह सचिवमा लोकेन्द्र विक, राजु बुढा निर्वाचीत भएको माओवादी केन्द्र सर्केगाड गाउँ कमिटी अध्यक्ष छवि थापाले बताउनुभयो । सर्वसम्मतरुपमा तेस्रो सम्मेलनबाट ७१ सदस्यीय कमिटी चयन भएका हुन् । 
सर्केगाडमा भएको तेस्रो सम्मेलन कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । जिल्लाभरका जनताको मन जित्दै र पार्टीका विभिन्न संठगनलाई मजबुन रूपमा विस्तार गरिने भएको थापाले बताउनुभयो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै