नेभिगेशन
राजनीति

माओवादी केन्द्र सिमकोट गाउँपालिका-सातमा चारवटा संगठनको नयाँ कमिटी गठन

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र सिमकोट गाउँपालिका वडा सातमा चार वटा भातृ संगठनको शुक्रबार नयाँ कमिटी गठन गरिएको छ । माओवादी केन्द्रको महिला अखिल क्रान्तिकारी संघ, वाइसिएल नेपाल, अखिल किसान महासंघ र नेपाल दलित मुक्ति मोर्चा यी चारवटा भातृ संगठनको वडामा नयाँ कमिटी गठन गरिएको पत्रकार मन्दिर सिंहले बताउनुभयो ।

माओवादी केन्द्र वडा नम्बर सातका वडा कमिटि अध्यक्ष भोज बहादुर शाहीको अध्यक्षतामा र जिल्ला पार्टी सचिव धर्मराज बोहराको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका कमिटी अध्यक्ष प्रकाश रावतको विशेष आथित्यका साथै नेता कार्यकर्ता सबैको उपस्थितमा चारवटा भातृ संगठनको नयाँ कमिटी गठन गरिएको छ । महिला अखिल क्रान्तिकारी संघको कर्मा शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । अध्यक्ष शाही, उपाध्यक्ष विजा सिंह, उपाध्यक्ष हिरा शाही, सचिव नागबेली शाही, कोषाध्यक्ष सुसस्मता शाही लगायत २१ सदस्यीय वडा विस्तार गरिएको छ ।

यस्तै वाइसिएल नेपालको अध्यक्षमा अमृत सिंह, उपाधयक्ष अंग शाही, सचिवमा कासी सुनार कोषाध्यक्ष प्रेम लगायत २१ सदस्यीय वडा कमिटी गठन गरिएको पत्रकार सिंहले जानकारी दिनुभयो ।

अखिल किसान महासंघको अध्यक्षमा विजुली सिंह, उपाध्यक्ष दिर्क शाही, सचिव सुनिल शाही, कोषाध्यक्षमा ज्ञानसिह सुनार लगायतका गरी २१ सदस्यीय वडा कमिटि गठन गरिएको माओवादी जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो ।

नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा लाल बहादुर सुनार, उपाध्यक्ष गणेश विक, सचिव दिर बहादुर विक, कोषाध्यक्षमा जनपुरा विक लगायत गरी २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
भर्खरै