नेभिगेशन
राजनीति

माओवादी केन्द्र सिमकोट गाउँपालिका-सातमा चारवटा संगठनको नयाँ कमिटी गठन

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र सिमकोट गाउँपालिका वडा सातमा चार वटा भातृ संगठनको शुक्रबार नयाँ कमिटी गठन गरिएको छ । माओवादी केन्द्रको महिला अखिल क्रान्तिकारी संघ, वाइसिएल नेपाल, अखिल किसान महासंघ र नेपाल दलित मुक्ति मोर्चा यी चारवटा भातृ संगठनको वडामा नयाँ कमिटी गठन गरिएको पत्रकार मन्दिर सिंहले बताउनुभयो ।

माओवादी केन्द्र वडा नम्बर सातका वडा कमिटि अध्यक्ष भोज बहादुर शाहीको अध्यक्षतामा र जिल्ला पार्टी सचिव धर्मराज बोहराको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका कमिटी अध्यक्ष प्रकाश रावतको विशेष आथित्यका साथै नेता कार्यकर्ता सबैको उपस्थितमा चारवटा भातृ संगठनको नयाँ कमिटी गठन गरिएको छ । महिला अखिल क्रान्तिकारी संघको कर्मा शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । अध्यक्ष शाही, उपाध्यक्ष विजा सिंह, उपाध्यक्ष हिरा शाही, सचिव नागबेली शाही, कोषाध्यक्ष सुसस्मता शाही लगायत २१ सदस्यीय वडा विस्तार गरिएको छ ।

यस्तै वाइसिएल नेपालको अध्यक्षमा अमृत सिंह, उपाधयक्ष अंग शाही, सचिवमा कासी सुनार कोषाध्यक्ष प्रेम लगायत २१ सदस्यीय वडा कमिटी गठन गरिएको पत्रकार सिंहले जानकारी दिनुभयो ।

अखिल किसान महासंघको अध्यक्षमा विजुली सिंह, उपाध्यक्ष दिर्क शाही, सचिव सुनिल शाही, कोषाध्यक्षमा ज्ञानसिह सुनार लगायतका गरी २१ सदस्यीय वडा कमिटि गठन गरिएको माओवादी जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले बताउनुभयो ।

नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा लाल बहादुर सुनार, उपाध्यक्ष गणेश विक, सचिव दिर बहादुर विक, कोषाध्यक्षमा जनपुरा विक लगायत गरी २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न  चुनावी प्रचार प्रसारमा लाग्न अपिल

नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न चुनावी प्रचार प्रसारमा लाग्न अपिल

निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख...
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै